Advertisement

Breaking News 3

अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

Breaking News 2, Breaking News 3, अछाम, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षीय डम्मर बहादुर कुँवरको मासुको हड्डी घाँटीमा अड्किएर मृत्यु भएको हो । शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा सानो हड्डी घाँटीमा अड्किएपछि उहाँ बेहोस भएका थिए। उपचारका लागि तत्कालै उहाँलाई बयलपाटा स्थित न्याय हेल्थ अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।...
ट्रम्पले टिकटकलाई दिए अन्तिम मौका, ७५ दिनभित्र निर्णय गर्नुपर्ने

ट्रम्पले टिकटकलाई दिए अन्तिम मौका, ७५ दिनभित्र निर्णय गर्नुपर्ने

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताउनुभएको छ । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उहाँको दाबी छ । उहाँले सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ को अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई टिकटक बेच्न २ सय ७० दिनको समय दिने कानूनमा हस्ताक्षर गर्नुभएको थियो । गएको जनवरी २० मा पदभार ग्रहण गर्नुभएका ट्रम्पले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।...
देउसी भैलोको पैसाबाट सुर्मा मन्दिरमा ९ केजीको घण्टा चढाइयो

देउसी भैलोको पैसाबाट सुर्मा मन्दिरमा ९ केजीको घण्टा चढाइयो

Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ — बझाङको सदरमुकाम चैनपुरस्थित प्रशासन टोलका स्थानीय महिला तथा पुरुषहरुले देउसी भैलो खेलेर उठाएको रकम धार्मिक कार्यमा लगाएका छन् । तिहारको बेला मौलिक सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संकलन गरिएको उक्त रकमबाट जिल्लाको प्रसिद्ध सुर्मा मन्दिरमा ९ केजी तौल भएको विशाल घण्टा चढाइएको हो। स्थानीय अगुवा रमलाल बोहराको नेतृत्वमा गठित टोलीले यस वर्षको देउसी भैलो अभियानलाई केवल मनोरञ्जनमा सीमित नराखी, समाजप्रति उत्तरदायित्व बहन गर्ने खालको उदाहरणीय कार्यमा रुपान्तरण गरेको हो । टोलमा संकलित रकममध्ये केही हिस्सा अन्य सामाजिक कार्यहरूमा समेत खर्च गरिएको स्थानीय रुमला जाग्रीले जानकारी दिइन्। "हामीले सबैको सहकार्यमा यो कदम चालेका हौं। बाँकी रहेको रकमबाट ९ केजीको घण्टा खरिद गरी सुर्मा मन्दिरमा चढायौं। यसले हाम्रो संस्कृतिलाई मात्र नभई आस्थालाई पनि बलियो बनाएको छ । उक्त टोलले समुदायको सहकार्य र...
आईपीएलमा लखनउले मुम्बईलाई हरायो

आईपीएलमा लखनउले मुम्बईलाई हरायो

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । जीतका लागि दुई सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९१ रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन जोड पनि टोलीलाई जिताउन सकेनन् । लखनउका शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान एक विकेट लिए । त्यसअघि लखनउमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ३ रन बनायो । लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक बनाए । मार्शले सर्वाधिक ६० रन जोडे । मारक्रमले ५३ रन बनाए । मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान एक विकेट लिए । जीतसँगै लखनउको ४ खेलमा ४ अङ्क भएको छ । लखनउ तालिकाको छैटौं स्थानमा छ । मुम्बई...
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

Breaking News 3, मुख्य समाचार, समाचार
मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ। शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को९प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो।...
आज देशका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भूभागहरूमा भने तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको र वर्षाको सम्भावना कम रहेको छ । यसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
शुक्रबार राति पक्राउ परेका रविलाई आज भैरहवा लगिँदै

शुक्रबार राति पक्राउ परेका रविलाई आज भैरहवा लगिँदै

Breaking News 3, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ- शुक्रबार राति पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदैछ। राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो। उनलाई विमानबाट भैरहवा लैजान लागिएको छ। उनलाई लिएर प्रहरी टोली विमानस्थल पुगिसकेको छ। सहकारी ठगी प्रकरणमा लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो। बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो। उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो।...
बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका– ११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका– ६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर–५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।...
अदालतको आदेशको सम्मान गर्दै स्वेच्छाले गिरफ्तारीमा–  लामिछाने

अदालतको आदेशको सम्मान गर्दै स्वेच्छाले गिरफ्तारीमा– लामिछाने

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफैँ आजै स्वेच्छाले गिरफ्तारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सम्बोधन गर्दै लामिछानेले भने, "सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आजै अहिले नै स्वेच्छाले गिरफ्तारी दिँदैछु। न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् भन्ने विश्वास छ। म न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने छु।" आफूमाथि ठूलो अन्याय भएको दाबी गर्दै उनले चितवनमा आयोजना गरिएको सभा नरोक्न आग्रह रमेत गरे। "चितवनको सभा नरोक्नुस्," भन्दै उनले स्पष्ट पारे, "यो मेरो व्यक्तिगत न्यायको लडाइ हो, र यसले जनतासँगको सम्बन्ध नतोडियोस्।" न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकार...
अधिकृत कुटपिट घटनाको विरोधमा कर्मचारी एकजुट, दोषीलाई कारबाहीको माग

अधिकृत कुटपिट घटनाको विरोधमा कर्मचारी एकजुट, दोषीलाई कारबाहीको माग

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटना प्रति सरकारी कर्मचारीहरू आक्रोशित भएका छन्। बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका थिए । घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै राष्ट्रिय कर्मचारी ट्रेड युनियनले विरोध जनाएको छ। यस घटनाले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। कर्मचारी युनियनले दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै जिल्ला प्रश...
टीकापुरमा अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालन

टीकापुरमा अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालन

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
टीकापुर — कैलालीको टीकापुर नगरपालिकाले शैक्षिक वर्ष २०८२ देखि अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। सरस्वती माध्यमिक विद्यालय बनगाउँले माघ ३ गते सूचना जारी गर्दै पालिकाभित्र स्थायी बसोबास गर्ने १६ वर्षमुनिका बालबालिकालाई छात्रावासमा भर्ना खुलाएको हो। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार कार्यविधि २०८१ को आधारमा भर्ना प्रक्रिया सुरु गरिएको प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले जानकारी दिए। छात्रावासमा पहिले मुक्तकमलहरी बालबालिका बस्दै आएका थिए। अहिले कक्षा १२ सकिएको कारण छात्रावास खाली छ। हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन्। पालिकाले अभिभावकविहीन बालबालिकालाई छात्रावासमा राखी कक्षा १२ सम्मको शिक्षासहित लालनपालन गर्नेछ। प्रधानाध्यापक रघुनाथ उपाध्याय र अभिभावक विमला चौधरीले सरकारद्वारा सञ्चालित संरक्षण केन्द्र सकारात्मक पहल भएको बताउँदै बा...
छविसपाथिभेरामा प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट, हमलाकारी फरार

छविसपाथिभेरामा प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट, हमलाकारी फरार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका हुन्। घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, चैनपुर सिमखेत पठाइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यादवको अवस्था स्थिर रहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए। घटनापछि मुकेश ऐडी फरार भएका छन्। प्रहरीले ऐडीको खोजी कार्य तीव्र पारेको छ। प्रहरीले ऐडीको सम्भावित ठेगाना र सम्पर्क सूत्रहरू खोजी गरिरहेको छ। स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज