काठमाण्डौ- पदयात्राका क्रममा कास्कीको चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई-चेङ युआनको १३ दिनपछि शव फेला परेको छ ।
देउराली चुमरुङमा रहेको मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ शव फेला फेला परेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।अन्नपूर्ण आधार शिविर(एबीसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कनेबेला पर्यटक बेपत्ता भएका थिए

