सुदूरपश्चिमको विकास र संवृद्धिमा प्रदेश प्रमुखको चासो, गौरवका आयोजनाबारे छलफल
कैलाली । सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिबारे प्रदेश प्रमुख नजिर मियाँसँग छलफल भएको छ।
एमाले केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर, बुढिगंगा नगरपालिका बाजुराका मेयर रामबहादुर बानिया, बझाङका वडाध्यक्ष तथा अन्य सरोकारवालहरूले संयुक्त रुपमा प्रदेश प्रमुख मियाँसँग प्रदेशको विकारका विषयमा छलफल गरेका हुन् ।
एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो ।
केही समय अघि एमाले केन्द्रीय सचिव समेत रहेका पूर्व मन्त्री सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको सुदूरपश्चिम प्रदेशको टोलील...







