बझाङको बुंगलमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको आयोजनामा बुंगल नगरपालिका क्षेत्रका सवारी धनी तथा चालकहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी (सपजिअ) सत्यकुमारी जोशीको सभापतित्व रहेको थियो भने बुंगल नगरपालिकाका मेयर जयबहादुर धामी प्रमुख अतिथि रहनुभएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीसहित स्थानीय जनप्रतिनिधि, सवारी धनी, चालक, सर्वसाधारण र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय बझाङका प्रमुख बिनोद विष्टले रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने स्पष्ट जानकारी गराउनुभयो। यस्ता सवारीले यात्रु बोक्दा कानुनी कारवाही हुने बताउँदै, कालो नम्बर प्लेट भएका सवारी साधनले भाडा दरभन्दा बढी असुल्न नपाउने र मापसे (मदिरा सेवन) गरेर सवा...












