Advertisement

बझाङको बुंगलमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Advertisement

बझाङ: जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको आयोजनामा बुंगल नगरपालिका क्षेत्रका सवारी धनी तथा चालकहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी (सपजिअ) सत्यकुमारी जोशीको सभापतित्व रहेको थियो भने बुंगल नगरपालिकाका मेयर जयबहादुर धामी प्रमुख अतिथि रहनुभएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीसहित स्थानीय जनप्रतिनिधि, सवारी धनी, चालक, सर्वसाधारण र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय बझाङका प्रमुख बिनोद विष्टले रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने स्पष्ट जानकारी गराउनुभयो। यस्ता सवारीले यात्रु बोक्दा कानुनी कारवाही हुने बताउँदै, कालो नम्बर प्लेट भएका सवारी साधनले भाडा दरभन्दा बढी असुल्न नपाउने र मापसे (मदिरा सेवन) गरेर सवारी सञ्चालन गरेमा पनि कडाइका साथ कारवाही गरिने चेतावनी दिनुभएको थियो।

त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले १५ दिनभित्र अटो रिक्सा भाडा दर निर्धारण तथा व्यवस्थापन गर्न बुंगल नगरपालिकालाई निर्देशन दिँदै चेतावनी दिनुभएको छ। निर्धारित समयभित्र सुधार नभए थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

कार्यक्रमले चालकहरूलाई ट्राफिक नियम पालनाको महत्त्व, सुरक्षित यात्रा र जनजीवनमा पर्ने प्रभावबारे समेत जानकारी गराइएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज