Advertisement

बझाङको थलारामा कर्मचारिले नै खोलेको अवैध औषधि पसल प्रशासनद्वारा सिलबन्दी

Advertisement

बझाङ – थलारा गाउँपालिकामा कर्मचारी भएर काम गर्दै आएकी जुन ऐर कडायत आफैँ नियम मिच्ने गम्भीर आरोपमा मुछिएकी छन् । २६ वर्षदेखि सि. अनमी पदमा कार्यरत ऐर कडायतले “कुशल मेडिकल” नामक पसल खोली अबैध रुपमा औषधि बिक्री गर्दै आएकी थिइन् । न त फार्मेसी सम्बन्धी आवश्यक अध्ययन गरेको, न त कानुनी दर्ता प्रक्रिया पूरा गरिएको — यस्ता गम्भीर अनियमितताका बाबजुद उनले औषधि बिक्री वितरण गर्दै आएकी थिइन् ।

नियमन गर्ने जिम्मेवारी पाएका व्यक्तिले आफैँ नियमको खिल्ली उडाएको भन्दै स्थानिय स्तरमा चर्को विरोध सुरु भएको छ । शुक्रबार स्वास्थ्य कार्यालयका सहायक फर्मासिस्ट द्वारिका जोशी, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहबरमा “कुशल मेडिकल” पसल सिलबन्दी गरिएको छ । नेपालको औषधि सम्बन्धी ऐन, २०३५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले औषधि बिक्री वितरण गर्नुअघि फार्मेसी अध्ययन गरेको हुनुपर्छ र सम्बन्धित निकायबाट अनुमति प्राप्त गर्नुपर्छ । तर ऐर कडायतले यी सबै कानुनी प्रक्रियाको उल्लंघन गरेकी पुष्टि भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार जिल्लाभर अवैध रूपमा सञ्चालनमा रहेका दर्ता नभएका औषधि पसलहरुमा कारबाही अभियान तीव्र पारिएको छ। जोशी भन्छिन्, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरवाही सह्य हुँदैन। जुनसुकै व्यक्ति वा हैसियतमा बसे पनि कानुन सबैका लागि बराबर हो ।”

थलारा गाउँपालिका र खोलि बजारका स्थानीय बासिन्दाहरुले कर्मचारीले नै यस्तो अनियमितता गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका छन् । “हाम्रो स्वास्थ्यको संरक्षण गर्ने जिम्मा पाएका व्यक्तिहरुले नै जब स्वार्थका लागि जनताको ज्यानसँग खेलवाड गर्छन्, तब हामीलाई कसलाई विश्वास गर्ने?” एक स्थानिय बासिन्दाले आक्रोश पोखे ।

जनस्वास्थ्यको सवालमा कुनै पनि सम्झौता नगरिने स्पष्ट सन्देश अधिकारीहरुले दिएका छन् । कानुनमाथि आस्था गुम्न नदिन र दोषीलाई दण्डित गर्न यो घटना एउटा महत्वपूर्ण उदाहरण बन्नेछ कि भन्ने आशा गरिएको छ ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज