Advertisement

कैलालीमा बजेट अभावमा १५ शय्याको अस्पताल सञ्चालनमा समस्या

Advertisement

धनगढी- कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा निर्माण भएको १५ शय्याको अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको नीति अनुसार भव्य भवन तयार भए पनि जनशक्ति, उपकरण र व्यवस्थापनका लागि आवश्यक बजेट नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको हो।

गाउँपालिकाका सूचना अधिकारी यगम कलेलका अनुसार, अस्पतालको संरचना निर्माण सम्पन्न भए पनि सञ्चालनका लागि बजेट नहुँदा चुनौती बढेको छ। नेपाल सरकारको नीति अनुसार सबै पालिकामा १५ शय्याको अस्पताल बनाउने योजनाअन्तर्गत २०७० असार २९ गते सम्झौता गरी निर्माण सुरु गरिएको थियो।

१८ करोड ५२ लाख रुपैयाँ लागतमा रोयल कन्स्ट्रक्सन जेभीले अस्पताल भवन निर्माण गरेको हो। तर गाउँपालिकाले अझै तीन करोड चार लाख रुपैयाँ भुक्तानी गर्न नसकेको हुँदा निर्माण कम्पनीले अस्पताल हस्तान्तरण गरेको छैन।

स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीका अनुसार, भवन तयार भइसक्दा पनि बजेटको पर्खाइमा अस्पताल थन्किएको छ। विशेषज्ञ सेवासहित अस्पताल सञ्चालन गर्न वार्षिक कम्तीमा पाँच करोड रुपैयाँ आवश्यक पर्ने उहाँको भनाइ छ।

अस्पताल सञ्चालन भएमा गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा स्थानीय आशावादी छन्। स्थानीयवासीहरूले विद्यालय हटाएर बनाइएको यो अस्पताल चाँडै सञ्चालन गर्न माग गरिरहेका छन्। कोरोना महामारीका बेला कोभिड अस्पतालको रूपमा प्रयोग भएको उक्त भवनमै अहिले १५ शय्याको अस्पताल निर्माण गरिएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज