अमरगढीमा बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न
डडेल्धुरा- राष्ट्रिय वीर पुरुष बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती डडेल्धुराको ऐतिहासिक अमरगढी किल्लामा भव्य रूपमा सम्पन्न भएको छ। वीरता र देशभक्तिको प्रतीकस्वरूप अमरसिंह थापाको योगदानलाई स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो।
किल्ला संरक्षण समिति, नेपाली सेनाको अर्जण बाण गण, र अमरगढी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गैतम, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, स्थानीय नागरिक तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैतमले भने, “बडाकाजी अमरसिंह थापाजस्ता वीर योद्धाहरूको योगदानको सम्मान गर्नु हाम्रो दायित्व हो। अमरगढी किल्ला केवल भवन होइन, यो हाम्रो स्वाभिमान र अस्तित्वको प्रतीक हो।”
किल्ला संरक्षण समितिका अध्यक्ष प्रविन जैरुले भावी पुस्तामा राष्ट्रियता, स...










