बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका–१ जमसालका ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको छ।
घाँस काट्नका लागि टालेबिस्न लेक गएका खत्री साँझसम्म घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्दा माङ्लेगौडा भिरबाट करिब १०० मिटर तल खसेको अवस्थामा घाइते फेला पारेका थिए।
उनलाई तत्काल उपचारका लागि बुढीनन्दा नगरपालिका स्थित कोल्टी अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले जाँच गर्दा खत्रीलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

