Advertisement

Breaking News 1

डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

Breaking News 1, अछाम, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी आइरहेको सुप–प्र–०१–००१ ख ३९५६ नम्बरको ईभी गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा शनिबार बिहान दुर्घटनाग्रस्त भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना घाइते भएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको ईभी गाडी अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको बताइएको छ।...
कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार हत्या आरोपमा सोही वडाका २८ वर्षीय लालबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार दुवै अभियुक्त बुढाको टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गर्दा खेत प्रहरी पोस्टका जवानले नियन्त्रणमा लिएका थिए। मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए।...
बझाङ कारागारबाट भागेका १२ जना अझै फरार, पाँच जना कैदी अन्य कारागारमा स्थानान्तरण

बझाङ कारागारबाट भागेका १२ जना अझै फरार, पाँच जना कैदी अन्य कारागारमा स्थानान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला कारागार बझाङबाट भागेका मध्ये १२ जना अझै फरार रहेका छन । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी मध्ये १२ जना अझै फरार भएका हुन्। भदौ २४ गते आन्दोलनको बेला कारागारको सुरक्षा घेरा तोडी ६५ जना कैदीबन्दी फरार भएका थिए। त्यसपछि जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भने केही कैदीबन्दी आफै कारागार फर्किएका थिए। जिल्ला कारागारमा जम्मा ८५ जना कैदीबन्दि रहेकोमा जेनजी आन्दोलनको फाइदा उठाउदै ६५ जना कैदीबन्दि फरार भएका थिए । उनीहरू भागेको १ महिना पुगिसक्दा पनि १२ जना अझै फरार रहेकाले स्थानीय त्रसित भएका छन्। विभिन्न आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका कैदीबन्दीहरू अझै फरार रहँदा सुरक्षाको चासो बढेको हो। कारागार प्रशासनका प्रमुख राजेन्द्र फराडाका अनुसार फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी छ। उनका अनुस...
आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान बिच खेल हुँदै

आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान बिच खेल हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल र जापानबीचको खेल आज हुँदैछ। नेपाल र जापान दुवै टोली एक खेल अगावै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेपछि दुवै टोलीको अघिल्लो चरणमा स्थान पक्का भएको हो। लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा नेपालसँग ५८ रनको हार बेहोरेको थियो। अब आज हुने नेपाल र जापानबीचको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। दुवै टोलीका समान २–२ अंक भए पनि नेपाल नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहेको छ।...
प्रथम बित्थड कप–२०८२ सम्पन्न, उपाधि वडा नम्बर ९ लाई

प्रथम बित्थड कप–२०८२ सम्पन्न, उपाधि वडा नम्बर ९ लाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थडमा आयोजित प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। असोज १८ गते (शनिबार)देखि सुरू भएको उक्त प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीद्वारा आयोजित प्रतियोगिताको उपाधिमा बित्थडचिर गाउँपालिका वडा नं ९ ले हात परेको छ। फाइनल खेलमा भएको प्रतिस्पर्धामा बित्थडचिर गाउँपालिका वडा नं ७ माथि उत्कृष्ट प्रदर्शन गर्दै वडा नं ९ ले उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता वडा नं ७ बनेको छ। प्रतियोगिताको विजेता वडा नं ९ ले नगद रु. २५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नं ७ ले १४ हजार ४ सय ४४, ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा पालिका भरका १९ वटा टिमको सहभागिता रहेको थियोे ।...
दसैं सकिएपछि परदेशतिर युवाको लर्को

दसैं सकिएपछि परदेशतिर युवाको लर्को

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दसैंको रौनकता मन्दिँदै जाँदा सुदूरपश्चिमका सयौँ युवा पुनः भारत फर्किन थालेका छन्। नयाँदिल्ली, मुम्बई, बैंगलोर, सुरतजस्ता सहरहरूमा श्रम गर्ने नेपालीहरू दसैं मनाउन स्वदेश फर्किएका थिए। तर तिहार नजिकिँदै गर्दा उनीहरू पुनः रोजगारीका खोजीमा भारततिर फर्कन बाध्य भएका छन्। रोजगारीको अवसरको कमी र भारत सहजै पार गर्न सकिने सीमा भएकाले सुदूरपश्चिमका युवाको प्रमुख रोजगारी गन्तव्य भारत नै बनेको छ। हरेक वर्ष लाखौँ सुदूरपश्चिमेली भारतमा श्रम गर्न पुग्छन्, तर त्यसको आधिकारिक तथ्यांक भने छैन। बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी अहिले गौरीफन्टा नाकामा बैंगलोर जाने गाडीको प्रतीक्षामा थिए। दसैंका लागि एक महिनाको बिदा सकेर उनी पुरानै कर्मथलो फर्किँदै थिए। धामीले करिब १० वर्षदेखि बैंगलोरमा श्रम गरेर पाँच सदस्यीय परिवारको गुजारा चलाइरहेका छन्। “घरको खेतीपातीले दुई महिनाभन्दा बढी पुग्...
बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, स्वास्थ्य
भारत, बेंगलोर आगामी अक्टोबर १२ तारिखका दिन बेंगलोरमा भव्य रूपमा आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’मा नेपाली जनसम्पर्क समिति, भारतका तर्फबाट बिशेष स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। यस अवसरमा आँखा, दाँत, रगत परीक्षण लगायतका विभिन्न निःशुल्क स्वास्थ्य जाँच सेवाहरू उपलब्ध गराइनेछन्। साथै, रक्तदान शिविर समेत सञ्चालन गरिने आयोजक समितिले जनाएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली र भारतीय समुदायका सदस्यहरूलाई आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिन समितिले हार्दिक अनुरोध गरेको छ। सांस्कृतिक मनोरञ्जनसँगै स्वास्थ्य सचेतना र सामाजिक जिम्मेवारीको सन्देश फैलाउने यो पहल सबैका लागि उपयोगी र प्रेरणादायी बन्ने अपेक्षा राखिएको छ। कार्यक्रममा सहभागी भई स्वास्थ्य, संस्कृति र एकताको सन्देश प्रवाह गर्न सम्पूर्ण नेपाली समुदायलाई समितिले हार्दिक आमन्त्रण गरेक...
अविरल वर्षापछि आएको बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ६०

अविरल वर्षापछि आएको बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ६०

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ। प्रहरीका अनुसार मृतकमध्ये १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका छन्। सबैभन्दा बढी जनहानि इलाम जिल्लामा भएको छ, जहाँ बाढी र पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १–१ जना र काभ्रेपलाञ्चोकमा २ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र डुबानका घटना बढेका छन्। उद्धार तथा राहतका कार्य निरन्तर जारी रहेको जनाइएको छ।...
नेपालबाट मनसुन बाहिरिए पनि सुदूरपश्चिम र कर्णालीमा अझै वर्षाको सम्भावना

नेपालबाट मनसुन बाहिरिए पनि सुदूरपश्चिम र कर्णालीमा अझै वर्षाको सम्भावना

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बर्हिगमन भए पनि पश्चिमी प्रदेशहरूमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली देखिएको छ भने कतिपय स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। वर्षाको प्रभाव विशेषगरी कृषि तथा पर्यटन क्षेत्रमा पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। विभागका अनुसार यस वर्ष मनसुन नेपालबाट चार दिन ढिलो बाहिरिएको हो। सामान्यतया मनसुन अक्टोबर २ तारिखसम्म समाप्त हुने गरे पनि यसपालि केही ढिलो भएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन बर्हिगमनको सम...
दसैं-तिहारको विदा रमाइलोमा होइन, विद्यालयका लागि भारतमा चन्दा संकलनमा व्यस्त प्रधानाध्यापक- बोहरा

दसैं-तिहारको विदा रमाइलोमा होइन, विद्यालयका लागि भारतमा चन्दा संकलनमा व्यस्त प्रधानाध्यापक- बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- अहिले हिन्दु धर्मावलम्बीहरूमा दसैं-तिहारको रौनकता छाएको छ। यस क्रममा अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरूमा बिदा दिइएको छ भने कर्मचारीहरू घर-परिवार र आफन्तसँग भेटघाट गर्दै चाडपर्व, रमाइलो गर्ने तयारीमा छन्। तर, बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल बोहरा भने फरक उदेश्यका साथ भारतमा छन्। दसैं-तिहारको बिदालाई केवल रमाइलोमा सीमित नगरी भविष्यका पुस्ताका लागि केही योगदान गर्ने सोचका साथ प्रधानाध्यापक बोहरा असोज ८ गते भारत प्रस्थान गरे । उनी अहिले बैंगलोरलगायतका सहरमा रहेका नेपाली दाजुभाइहरूसँग विद्यालयका लागि चन्दा संकलनमा तल्लीन छन्। विद्यालयलाई प्रविधिमैत्री र बालमैत्री बनाउन चन्दा संकलन अभियान सञ्चालन गरिएको हो। नयाँ प्रविधि युगसँगै साना–साना बालबालिकालाई सानैदेखि आधुनिकतर्फ लैजान तथा विकट क्षेत्रमा भए पनि विद्यालयलाई नमुना (आद...
आज पनि नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी

आज पनि नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम आज पनि जारी छ। नेपालीहरूले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व धूमधामका साथ मनाउने गर्छन्। यस अवधिमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति पर्ने भएकाले सोही दिनसम्म टीका–जमरा लगाउने क्रम निरन्तर रहनेछ। नजिकका आफन्त वा परिवारका सदस्य काम विशेषले टाढा भएकाले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न जाने चलन पनि रहँदै आएको छ। विजया दशमीलाई असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा मनाइन्छ।...
बित्थडमा प्रथम बित्थड कप २०८२ सुरू

बित्थडमा प्रथम बित्थड कप २०८२ सुरू

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थड खेलमैदानमा प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरू भएको छ। प्रतियोगिता राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटिद्वारा आयोजना गरिएको हो। प्रतियोगितामा गाउँपालिकाभित्रका १९ टिम सहभागी छन्। पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा बित्थडचिर–८ को दाजुभाई अटो वर्कसप ले बित्थडचिर–३ को नरबहादुर स्मृति क्लबलाई पराजित गर्दै विजयी भयो। यस्तै, दोस्रो खेलमा वडा नं. २ 'बि' र बित्थड युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो, जसमा बित्थड युथ क्लब विजयी भयो। राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीका अध्यक्ष तारा बोहराको अध्यक्षतामा उद्घाटन भएको समारोहमा बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन धामी प्रमुख अतिथि रहनुभएको थियोे । उनले जिल्लामा खेलमैदानको अभावका बाबजुद ठूलो स्तरमा प्रतियोगिता आयोजना हुनु सकारा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज