Advertisement

बित्थडमा प्रथम बित्थड कप २०८२ सुरू

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थड खेलमैदानमा प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरू भएको छ। प्रतियोगिता राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटिद्वारा आयोजना गरिएको हो।

प्रतियोगितामा गाउँपालिकाभित्रका १९ टिम सहभागी छन्। पहिलो दिन दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा बित्थडचिर–८ को दाजुभाई अटो वर्कसप ले बित्थडचिर–३ को नरबहादुर स्मृति क्लबलाई पराजित गर्दै विजयी भयो।
यस्तै, दोस्रो खेलमा वडा नं. २ ‘बि’ र बित्थड युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो, जसमा बित्थड युथ क्लब विजयी भयो।

राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीका अध्यक्ष तारा बोहराको अध्यक्षतामा उद्घाटन भएको समारोहमा बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन धामी प्रमुख अतिथि रहनुभएको थियोे । उनले जिल्लामा खेलमैदानको अभावका बाबजुद ठूलो स्तरमा प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भएको बताए। साथै बझाङले सम्झना धामी, अशोक धामी जस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको उल्लेख गर्दै क्रिकेटको विकासका लागि सबैलाई सहयोग गर्न आग्रह गरे।

प्रतियोगिताको विजेता टिमले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल, उपविजेताले १४ हजार ४४४ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। खेल राउन्ड सेभन मा १२ ओभर र फाइनलमा १५ ओभरको हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज