Advertisement

दसैं-तिहारको विदा रमाइलोमा होइन, विद्यालयका लागि भारतमा चन्दा संकलनमा व्यस्त प्रधानाध्यापक- बोहरा

Advertisement

बझाङ- अहिले हिन्दु धर्मावलम्बीहरूमा दसैं-तिहारको रौनकता छाएको छ। यस क्रममा अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरूमा बिदा दिइएको छ भने कर्मचारीहरू घर-परिवार र आफन्तसँग भेटघाट गर्दै चाडपर्व, रमाइलो गर्ने तयारीमा छन्। तर, बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल बोहरा भने फरक उदेश्यका साथ भारतमा छन्।
दसैं-तिहारको बिदालाई केवल रमाइलोमा सीमित नगरी भविष्यका पुस्ताका लागि केही योगदान गर्ने सोचका साथ प्रधानाध्यापक बोहरा असोज ८ गते भारत प्रस्थान गरे । उनी अहिले बैंगलोरलगायतका सहरमा रहेका नेपाली दाजुभाइहरूसँग विद्यालयका लागि चन्दा संकलनमा तल्लीन छन्।
विद्यालयलाई प्रविधिमैत्री र बालमैत्री बनाउन चन्दा संकलन अभियान सञ्चालन गरिएको हो। नयाँ प्रविधि युगसँगै साना–साना बालबालिकालाई सानैदेखि आधुनिकतर्फ लैजान तथा विकट क्षेत्रमा भए पनि विद्यालयलाई नमुना (आदर्श) बनाउन सकियोस् भन्ने लक्ष्यसहित यो अभियान अघि बढाइएको छ।
यस अभियानमार्फत विद्यालयमा कम्प्युटर (ICT) ल्याब स्थापना गर्ने र विद्यार्थीलाई रमाइलो वातावरणमा सिक्न प्रेरित गर्न चिल्ड्रेन पार्क निर्माण गर्ने योजना रहेको बोहराले जानकारी दिए। उनका अनुसार, “प्रविधि बिना शिक्षालाई अबको समयसँग मेल खान सकिँदैन। हाम्रा विद्यार्थीहरू खेल्दै–खेल्दै सिकून्, कम्प्युटर चलाउँदै विश्वसँग जोडिउन भन्ने हाम्रो चाहना हो। प्रवासी दाजुभाइहरूको सहयोगले यो सपना पूरा हुने दिशामा कदम चालेका छौँ।”
बैंगलोरमा रहेका नेपाली दाजुभाइहरूले आफन्तसँग चाडपर्व मनाउने मात्र नभई गाउँ-घर सम्झँदै विद्यालयका लागि खुलेर सहयोग गरेका छन्। विद्यालय परिवारले पनि प्रवासी नेपालीप्रति विशेष आभार प्रकट गर्दै उनीहरूको सहयोगले गाउँस्तरमै आधुनिक शैक्षिक पूर्वाधार निर्माणको नयाँ उदाहरण स्थापना भएको जनाएको छ।
प्रधानाध्यापक बोहराले भारत पुगेको दिनदेखि सुरु गरिएको चन्दा संकलन अभियानअन्तर्गत हालसम्म करिब ६ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन्। बिहानदेखि राति १२ बजेसम्म निरन्तर अभियानमा खटिएका बोहराले अझै ४–५ दिन भारतमै चन्दा संकलन जारी रहने बताए।
उनले नेपाल फर्किएपछि पनि विद्यालयको हितका लागि चन्दा संकलन अभियान निरन्तरता दिने योजना बनाएका छन्।
बोहराले भने, “धन–सम्पत्ति कमाउनु मेरो लक्ष्य होइन। समाजका लागि सकेको योगदान गर्ने चाहना हो। मलाई एक छाक खान पुगे हुन्छ, तर बालबालिकाको भविष्य उज्ज्वल बनाउन सानोतिनो भए पनि केही गर्न पाएकोमा खुसी छु।”

शिवजी मण्डेल

शिवजी मण्डेल कामनाटुडे तथा कामना टेलिभिजनका सह-सम्पादक  हुन। उहाँ संग केदार एफ एम, रेडियो थलारा लगायतका रेडियोमा काम गरेको ६ वर्ष बढी अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज