Advertisement

Breaking News 1

डोटीमा प्रहरी जवान मृत फेला

डोटीमा प्रहरी जवान मृत फेला

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- डोटी एक प्रहरी जवान मृत फेला परेका छन्। शुक्रवार मध्यरात शिखर नगरपालिका–८ तिलताली घर भई नेपाल प्रहरीमा कार्यरत शङ्कर बलायर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। केआई सिंह राजमार्गअन्तर्गत गोपघाट भन्ने स्थानमा एक जना व्यक्तिलाई लडेको अवस्थामा देखिएको भन्ने जानकारी मध्यरात १२:१५ बजे प्रहरीलाई आएपछि प्रहरी टोली पुगेको थियो। घटनास्थलमा पुगेका प्रहरीले बलायरलाई मृत अवस्थामा फेला पारेको र उनको टाउकोमा गम्भीर चोट लागेको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा घर आएका थिए।...
जेनजी आन्दोलनमा सुदूरपश्चिम प्रदेशका ६५ वडा कार्यालयमा आगजनी र तोडफोड

जेनजी आन्दोलनमा सुदूरपश्चिम प्रदेशका ६५ वडा कार्यालयमा आगजनी र तोडफोड

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेनजी आन्दोलनका क्रममा कम्तीमा ६५ वडाका कार्यालयमा आगजनी र तोडफोड भएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी क्षति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ र ८ मा पुगेको छ। वडा नं ७ को कार्यालय पूर्णरूपमा जलेको छ भने वडा नं ८ मा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। शुक्लाफाँटाका वडा नं २ देखि १२ सम्मका अधिकांश कार्यालय, कृष्णपुर नगरपालिका (वडा नं १, २, ५ र ७), पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका र बेल्डाँडी गाउँपालिकामा समेत आगजनी तथा तोडफोड भएको छ। कैलाली जिल्लामा धनगढी उपमहानगरपालिका (वडा नं ४, ८ र १३), लम्कीचुहा, टिकापुर, गोदावरी, गौरीगङ्गा, घोडाघोडी नगरपालिकाका कार्यालयमा आगजनी र तोडफोड भएको छ। घोडाघोडीका सबै १२ वटा वडा कार्यालय जलेका छन्। यस्तै, कैलारी गाउँपालिकाका सबै ९ वटा वडा कार्यालय, बर्दगोरीया गाउँपालि...
मनसुनी वायु सक्रिय, शनिबार – आइतबार भारी वर्षा, सतर्क रहन आग्रह

मनसुनी वायु सक्रिय, शनिबार – आइतबार भारी वर्षा, सतर्क रहन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार देशका विभिन्न भू–भागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिनअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै, ती प्रदेशका थोरै स्थानमा भारी वर्षा र केही ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना छ। मौसमविद् प्रतिमा मानन्धरका अनुसार हाल देशभर बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ। शनिबार र आइतबार मनसुनी वायु अझ सक्रिय रहने भएकाले वर्षा तीव्र हुने र सोमबारदेखि भने क्रमशः सुधार हुने अनुमान गरिएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान आज राति : देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, ग...
जनशक्ति युवा क्लब खोरीद्वारा आयोजित क्रिकेटको उपाधि आयोजकलाई नै

जनशक्ति युवा क्लब खोरीद्वारा आयोजित क्रिकेटको उपाधि आयोजकलाई नै

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- छबिसपाथिभेरा गाउँपालिका–७ मा आयोजित क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । हिन्दुहरूको महान पर्व विजया दशमी २०८२ को अवसरमा जनशक्ति युवा क्लब खोरीले आयोजना गरेको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । खेल र खेलाडीको विकास गर्न आयोजित प्रतियोगिताको उपाधि आयोजक जनशक्ति युवा क्लबले हात पारेको छ । दानछडा खेलमैदानमा भएको फाइनल खेलमा हिमाल स्मृति लेकगाउँले हराउँदै उपाधि हात पारेको हो। पहिले ब्याटिङ गरेको हिमाल स्मृतिले १० ओभरमा जम्मा ७५ रन बनाएको थियो। त्यसपछि आयोजक जनशक्ति युवा क्लबका खेलाडीहरूले सहज प्रदर्शन गर्दै १० बल बाँकी छँदै लक्ष्य पछ्याउँदै विजयी बनेका स्थानीय तिलक बोहराले कामना टुडेलाई जानकारी दिए । उपाधि बिजेता आयोजकले नगद ४५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपविजेता हिमाल स्मृतिले नगद १५ हजार पुरस्कार पाएको छ । असोज ११ गतेदेखि सुरु भएको प्रतियोगि...
देशभर बदली, केही प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

देशभर बदली, केही प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनीको तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई, मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।...
चीनमा १० लाख वर्ष पुरानो खोपडीको अध्ययन

चीनमा १० लाख वर्ष पुरानो खोपडीको अध्ययन

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्ष अगाडि नै फरक समूहमा विभाजित भइसकेका थिए। यसले मानव विकासको प्रारम्भिक चरण अफ्रिकाभन्दा एसियामा नै हुनसक्ने सङ्केत दिएको छ। ‘युन्जियन–२’ नाम दिइएको उक्त खोपडी सुरुमा होमो इरेक्टस को अवशेष मानिएको थियो। तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू पाइएको छ। यसले मानव विकासको जटिलता धेरै पहिले नै सुरु भएको देखाएको छ। लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार झन्डै १० लाख वर्षअघि नै मानव पुर्खाहरू विभिन्न समूहमा विभ...
छबिसपाथिभेरामा सुर्मा आधारभूत विद्यालयमा शिक्षक धामीद्वारा शैक्षिक अक्षयकोष स्थापना

छबिसपाथिभेरामा सुर्मा आधारभूत विद्यालयमा शिक्षक धामीद्वारा शैक्षिक अक्षयकोष स्थापना

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ- छबिसपाथिभेरा गाउँपालिका–७ मा रहेको सुर्मा आधारभूत विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरिएको छ। स्थानीय तथा शिक्षक र पूर्व पत्रकार सुनिल धामीले आफ्ना स्वर्गीय बाजे गोवर्धन धामी र स्वर्गीय बज्यै शर्मा धामीको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन्। २०४४ सालमा तत्कालीन लेकगाउँ गाउँ पञ्चायत प्रधान निर्वाचित भएका गोवर्धन धामी २०४९ सालमा गाविस अध्यक्ष र २०५५ सालमा वडा अध्यक्ष निर्वाचित हुँदै लोकप्रिय जननेता बनेका थिए। राजनीतिक जीवनसँगै सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै उहाँ विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहेका थिए। २०७२ सालमा सोही पदमै रहँदै उहाँको निधन भएको थियो। “बाजेको सपना अनुसार विद्यालय र विद्यार्थीको भविष्यमा योगदान पुगोस् भन्ने मेरो चाहना हो,” अक्षयकोष स्थापनापछि धामीले बताए। अक्षयकोष स्थापनाका अवसरमा विद्यालय व्यवस्थापन...
युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाल पराजित

युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाल पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
वेस्ट इन्डिजले युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाललाई १० विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रनमा समेटियो। वेस्ट इन्डिजले लक्ष्य १२.२ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। अन्तिम खेलमा हार्दै पनि नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ।...
बैतडीमा जात्रा हेरेर फर्किँदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

बैतडीमा जात्रा हेरेर फर्किँदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय नजिक सोही नगरपालिका–१ दउनेबाजकी करिब ३०–३२ वर्षीया भागरथी लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। देहिमाण्डौ मेला हेरेर घर फर्किँदै गरेकी लुहारलाई सतबाँजबाट देहिमाण्डौतर्फ जाँदै गरेको महाकाली यातायातको बस (सु.प्र. ०२–००१ ख १०१७) ले ठक्कर दिएको हो।...
आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै

आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर विभिन्न शक्तिपीठ र मन्दिरमा विशेष पूजाआराधनासहित मनाइँदैछ। महानवमीका दिन घटस्थापनाका दिन राखिएको जमरा शक्तिपीठमा चढाइने परम्परा छ। दसैँघर, कोतलगायत देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिनुका साथै बोका, हाँस, कुखुरा र राँगाको बलि दिने प्रथा रहिआएको छ। पशुबलि नदिने सात्विकहरूले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवलसमेत बलि चढाएर पायस अर्पण गर्ने चलन छ। अधिकांश ठाउँमा महाष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने प्रथा पनि प्रचलित छ। मार्कण्डेय पुराणअनुसार यसै दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकाले महानवमीलाई विशेष महत्त्व दिइन्छ। कतिपय शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने परम्परा पनि छ। नवरात्रको अन्तिम ...
चौकुनेका अध्यक्ष विकद्वारा अनाथ बालबालिकालाई दशैं उपहार: लुगाकपडा र खसी प्रदान

चौकुनेका अध्यक्ष विकद्वारा अनाथ बालबालिकालाई दशैं उपहार: लुगाकपडा र खसी प्रदान

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुर्खेत
सुर्खेत- दशैंको अवसरमा चौकुने गाउँपालिकाका अनाथ बालबालिकालाई नयाँ लुगाकपडा र खसी प्रदान गरिएको छ। चौकुने गाउँपालिका–७ स्थित अनाथ बालगृहमा आश्रय लिइरहेका बालबालिकालाई गाउँपालिका अध्यक्ष खड्क विक (विवश) ले व्यक्तिगत पहलमा उपहार स्वरूप कपडा र खसी दिएका हुन्। अध्यक्ष विकले बालबालिकालाई पसलमै लगेर उनीहरूले मनपर्ने कपडा रोजेर किनिदिएका छन्। उनले यसअघि पनि प्रत्येक प्रमुख चाडपर्वमा अभिभावकविहीन बालबालिकालाई सहयोग गर्दै आएको जनाउँदै यस वर्ष पनि उनीहरूलाई हर्षोल्लासपूर्वक दशैं मनाउन सहयोग गरिएको बताए। “यी बालबालिका समाजकै अमूल्य सम्पत्ति हुन्। अभिभावकको अभावले उनीहरूलाई चाडपर्वमा वञ्चित हुन नदिनु हाम्रो साझा जिम्मेवारी हो,” अध्यक्ष विकले भने। त्यस्तै, अध्यक्ष विकले यसपटक दशैं पनि अनाथ बालबालिकासँगै मनाउने योजना रहेको बताए। स्थानीयवासीले विकको यस्तो पहलले समाजमा अभिभावकविहीन बालबालिकाप्रति ...
महाअष्टमीमा महागौरी देवीको पूजा, पञ्चबलि दिने परम्परा

महाअष्टमीमा महागौरी देवीको पूजा, पञ्चबलि दिने परम्परा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
बडादशैं तथा नवरात्रको आठौँ दिन आज दशैंघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। यस दिन दशैंघर, कोत र देशभरका विभिन्न शक्तिपीठमा बलिसहित दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। भक्तजनहरूले आफ्ना कुलदेवी, देवता तथा स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने चलन छ भने सात्विकहरू नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्छन्। काठमाडौंको दशैंघर हनुमानढोकास्थित मूल चोकमा तलेजु भवानीलाई परम्पराअनुसार ५४ राँगा र ५४ बोका बलि दिने प्रथा रहेको छ। महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानी रातभर गुप्तपूजा गर्ने चलन छ। विशेषगरी आजको दिन पञ्चबलि दिने परम्परा छ, जसमा बोका, राँगा, परेवा, हाँस र भेडा पर्दछन्। धार्मिक ग्रन्थअनुसार यी पाँच पशु बलि प्रतीक मात्र हुन्, जसले अंहकार, मोह, मद, लोभ र बिक्रित प्रवृत्तिलाई त्याग्ने सन्देश दिन्छन्। कतिपयको भनाइम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज