बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थडमा आयोजित प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। असोज १८ गते (शनिबार)देखि सुरू भएको उक्त प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीद्वारा आयोजित प्रतियोगिताको उपाधिमा बित्थडचिर गाउँपालिका वडा नं ९ ले हात परेको छ।
फाइनल खेलमा भएको प्रतिस्पर्धामा बित्थडचिर गाउँपालिका वडा नं ७ माथि उत्कृष्ट प्रदर्शन गर्दै वडा नं ९ ले उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता वडा नं ७ बनेको छ।
प्रतियोगिताको विजेता वडा नं ९ ले नगद रु. २५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नं ७ ले १४ हजार ४ सय ४४, ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा पालिका भरका १९ वटा टिमको सहभागिता रहेको थियोे ।

