सुदूरपश्चिममा होली पर्वको रौनक
धनगढी- फागुन शुक्ल एकादशी अर्थात शुक्ल पूर्णिमाका दिनबाट पाचँ दिनसम्म मनाइने होली पर्वको रौनक सुदूरपश्चिममा पनि सुरु भएको छ । पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा पाँच दिनसम्म होली मनाइने प्रचलन रहेको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । पहाडी जिल्लाहरुमा भने होलीको रौनक बढेको छ । पछिल्लो समय सुदुरपश्चिममा पनि आफ्नै परम्परागतरुपलाई तोडमोड गर्दै विभिन्न समुदायले आ–आफ्नै ढङ्गले होली पर्व मनाउदै आएका छन ।
वर्तमान समय पश्चिमा सँस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेको प्रति अग्रजपुस्ता चिन्तित बनेका छन । पछिल्लो समय होलीपर्वलाई रंग खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको छ । अहिलेको पुस्ताले रंगहरु खेल्नुलाई मात्रै होलीको रुपमा लिने गरेका छन ।
...












