बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका- १ बगडगाउँमा रहेको सेती क्याम्पसको स्ववियु सभापतिमा दिपेन्द्र दौल्याल निर्विरोध चयन भएका छन् । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मनोनयन दर्ताको समयमा भएपनि अनेरास्ववियुका दौल्याल निर्विरोध क्याम्पसको स्ववियु सभापतिमा चयन भएका हुन् ।
अनेरास्ववियु र नेविसंघ बीच सहमती हुँदा निर्विरोध स्ववियु नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै स्ववियु उपसभापतिमा नेविसंघकाका रुपेश खड्का , सचिवमा अनेरास्ववियुकी विमला खड्का , कोषाध्यक्षमा सुमित्रा जोशी, उपसचिवमा सर्मिला थापा निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यमा अनेरास्ववियुका पदम गिरी, सुरज रोकाया , रेखा गिरी र पुजा रोकाया चयन भए,भने नेविसंघका अञ्जु बोहरा र बषन्ती भण्डारी चयन भएका निर्वाचन समितिले जनाएको छ ।

