कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट बैतडीका साउदको मृत्यु
धनगढी- कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बैतडीको शिबनाथ गाउपालिका–५ सरमाईली घर भई हाल पुनर्वास नगरपालिका–९ “ख” गाँउ दाजुको घरमा बस्दै आएको ४० वर्षीय सुन्दर सिंह साउदको टेलर गाडीले ठक्करबाट मृत्यु भएको हो ।
पुनर्वास नगरपालिका–९ “ख” गाँउ खाती चोकमा पुनर्वासबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ क ५९२ नम्बरको टेलर गाडीले आइतवार ठक्कर दिँदा साउदको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेलर गाडी र चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ३८ वर्षीय पिताम्बर कलौनीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।...












