Advertisement

बझाङदीप क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच गठबन्धन, सभापतिमा भण्डारीको उम्मेदवारी

Advertisement

बझाङ- बझाङको झोतामा रहेको बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। । भण्डारीले आफ्नो उम्मेदवारीसँगै शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हकहित संरक्षण, भौतिक पूर्वाधार विकास र रोजगारमूलक कार्यक्रमलाई आफ्नो प्रमुख एजेन्डा बनाएका हुन् ।

उनले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न योग्य प्राध्यापकको व्यवस्था, पुस्तकालय तथा प्रयोगशालाको विस्तार र डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, विद्यार्थीको हकहित संरक्षण गर्दै छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउने, पढ्दै कमाउँदै कार्यक्रम गर्नी, आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहायता उपलब्ध गराउने र शुल्क वृद्धिमा अनावश्यक भार नपरोस् भन्नेमा ध्यान दिने बताएका छन् ।

भण्डारीले भौतिक पूर्वाधार विकास अन्तर्गत क्याम्पसमा स्वच्छ खानेपानी, उचित शौचालय सुविधा, अतिरिक्त कक्षा कोठा, तथा अध्ययनमैत्री वातावरण निर्माण गर्ने योजना अघि सारेका छन् । साथै, स्नातक तहका विद्यार्थीलाई रोजगारी र सीपमूलक तालिम प्रदान गर्दै इन्टर्नशिप तथा रोजगारसम्बन्धी कार्यक्रम सञ्चालन गरेर उनीहरूको भविष्य सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक विकासका लागि आफू सधैं अग्रसर रहने बताउँदै भण्डारीले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेका छन् ।

यस्तै क्याम्पसको स्ववियु सभापतिका लागि अखिल समाजवादकाबाट अक्कल धामीले र अनेरास्ववियू र अखिल क्रान्तिकारीको साझा उम्मेदवारका रुपमा सुरेश राज जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज