शब्दमा बगेको जीवन
जीवनका पाना खोल्दा कहिलेकाहीँ नपढिएका, बिर्सिएका र आँसुले भिजेका अध्यायहरू भेटिन्छन्, जसले मनको गहिराइमा चोट बनाएका हुन्छन्। यस्ता अनुभवहरू कुनै एकजनाको मात्र होइनन्, हरेक संवेदनशील आत्माको गाथा हुन्, जसले आफ्ना सपनाको उज्यालोमा विगतको आँसु झल्काउँछ।
जीवनको यात्रा कहिलेकाहीँ बोझिलो हुन्छ। सुनौलो भविष्यको कल्पनामा डुबिरहँदा पनि पाइला भिजेका हुन्छन् । विगतका आँसुमा। ती आँसुहरू देखिने नदेखिने, तर तिनले भिजाएका मनका पानाहरू स्पष्ट हुन्छन्। ती चोट, ती घाउ र ती पीडाहरू जुन बोलेका छैनन्, तर बोलेको जति नै स्पष्ट छन्।कहिलेकाहीँ रुँदा पनि मन हलुको हुन्छ भन्ने विश्वासले आँसु बहाउन सिकाउँछ। आँशुहरूको धारामा शब्द बग्छन्, र ती शब्दहरूबाट निस्कन्छ पीडाको गहिरो सन्देश ।
धेरै पल्ट मन किताबका पानामा हराउँछ। पात्र खोज्छ, आफूलाई कतै फेला पार्न खोज्छ। तर ती कथा जस्तो जीवन हात पर्दैन। केवल हेरिन्छ । किनभन...












