पुराना पानाहरू पल्टिएछ।
सपना भित्र रंगिन चित्रहरू,
मनभित्र आशाका दियो बलिएछ।
नयाँ किरण, नयाँ आशा,
फेरी जुर्मुराउँदै जीवन बग्छ।
सुख-दुःखका सेता-काला दिनहरू,
नयाँ पालोमा फेरि मिसिन्छ।
नयाँ साल पो आएछ,
हिजोका गल्तीहरू भुलेछ।
नयाँ अँगालोमा समेट्दै आशा,
समृद्धिको बाटो समाएछ।
आउँदै गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना ।
लेखक:- दिपेन्द्र धामी
धनगढी

