Advertisement

बझाङको ऐतिहासिक तथा धार्मिक केदार मन्दिर: आस्था, संस्कृति र पर्यटनको केन्द्र

Advertisement

दिपेन्द्र धामी,बझाङ – बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ३, ६, र ८ को बीचमा अवस्थित प्रसिद्ध केदार मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यसै मन्दिरको नामबाट यहाँको स्थानीय तह लगायत ,रेडियो,विभिन्न संघसंस्था, विद्यालय, सामाजिक प्रतिष्ठान तथा धार्मिक समूहको नामकरण गरिएको छ। केदार मन्दिरमा विशेष गरि वैशाख १ गते र साउने पूर्णिमाका दिन (रक्षाबन्धनका) बेला भव्य मेला लाग्छ। यस अवसरमा टाढा–टाढाबाट भक्तजनहरू आउने गर्छन् र आस्थाका साथ पूजाआजा गर्छन्। यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।

यस मन्दिरको पूजाको विशेष जिम्मेवारी थलाल ब्राह्मणहरूको रहेको छ। प्रारम्भमा थलाल ब्राह्मणहरू थला क्षेत्रमा बसोबास गर्थे, जसका कारण उनीहरूलाई ‘थलाल ब्राह्मण भन्न थाल्यो भन्ने मान्यता छ। यहाँका प्रमुख भक्तजनहरू धामी, जेठारा, बोहरा, खाती, बिष्ट , मल्ल,जाेशी र अन्य विभिन्न समुदायका व्यक्ति हुन्। पूजास्थल पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरिएको छ।

अन्य हिन्दू मन्दिरहरूमा बलि दिने परम्परा भए पनि केदार मन्दिरमा बलि प्रथाको परम्परा छैन। यहाँ भैंसीको दूध चढाएर मात्र पूजा गरिन्छ। रक्त बलि नदिनुको धार्मिक मान्यता अनुसार देवतालाई शुद्ध र सात्त्विक रूपमा पूजाआजा गर्नुपर्छ भन्ने धारणा स्थापित छ। यदि कुनै विशेष बलि आवश्यक परेमा पुजारीहरूले ‘घुम्टो’ बनाएर बलि दिने गर्छन्, जसबाट रक्त प्रवाह हुँदैन।
केदार मन्दिरको अर्को विशेषता भनेको यहाँ जस्तोसुकै व्यक्तिले पूजा गरे पनि इच्छित फल प्राप्त हुने विश्वास हो। स्थानीय तथा बाहिरी भक्तजनहरूले मनकामना पूर्ण हुने धार्मिक धारणा राख्दै नियमित रूपमा यहाँ पूजाआजा गर्छन्।

धार्मिक महत्त्वका साथै केदार मन्दिर पर्यटन प्रवर्द्धनका लागि पनि उपयुक्त स्थल हो। हालसम्म यो मन्दिरको प्रचारप्रसार तथा पूर्वाधार विकासमा कमी देखिन्छ। सुदूरपश्चिमका अन्य महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थलहरूमध्ये केदार मन्दिरलाई अग्रस्थानमा राख्न सकिन्छ। स्थानीय जनप्रतिनिधिहरू तथा पर्यटन विकास समितिले आवश्यक पहल गरेमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

हाल केदार मन्दिरको पूर्वाधार विकासका लागि केही प्रयासहरू भइरहेका छन्। धार्मिक पर्यटकको आगमन बढाउनका लागि सडक, बिजुली, पानी तथा अन्य भौतिक संरचनाको आवश्यकता छ। स्थानीयवासी, जनप्रतिनिधि तथा पर्यटन प्रवर्द्धन निकायको सहकार्यमा केदार मन्दिरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ। केदार मन्दिर सुदूरपश्चिमकै एक महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक धरोहर भएकाले यसको संरक्षण तथा प्रवर्द्धन आवश्यक छ। धार्मिक आस्था तथा पर्यटन विकास दुवै दृष्टिकोणले यस क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी छ।  जय केदार !

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज