Advertisement

सपनाहरू त्याग्ने एक निःस्वार्थ अभिभावक”बुबा”

Advertisement

दिपेन्द्र धामी, धनगढी- जीवनकाे यात्रा सहज छैन। यहाँ अनेकौं उतारचढाव छन्, अनगिन्ती संघर्षहरू छन्। कहिलेकाहीं खुशीका पलहरू संकलन गर्न, हामीले दुःखका पहाडहरू अवस्य नाघ्नुपर्छ। यसै क्रममा आफ्नो जीवन संघर्षमा, परिवारलाई सबल बनाउने, अभावका बादल हटाउने, अनि हरेक सन्तानका सपना साकार पार्ने प्रमुख आधारशिला हुन् “बुबा” ।

बुबा केवल एउटा नाम मात्रै होइन, यो त्याग, समर्पण , मिहिनेत, र निःस्वार्थ प्रेमको पर्यायवाची हो। समाजमा बुबाको भूमिका अद्वितीय छ। उनी आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि आफ्ना इच्छाहरूलाई भुलेर अघि बढ्छन्। बिहान सबेरै उठेर काममा जाने, दिनभर पसिना बगाउने, साँझ घर फर्कंदा थकान लुकाएर परिवारलाई खुशी पार्न मुस्कुराउने—यी सबै त बुबाका दैनन्दिनका क्रियाकलाप मात्र हुन्, तर भित्री रूपमा उनीहरूको हृदयमा अनगिन्ती आशा, सपना, र चिन्ताहरू लुकेका हुन्छन्।

बुबाको जीवन आफ्ना इच्छाहरू पूरा गर्नेभन्दा बढी सन्तानको सपना पूरा गर्न केन्द्रित हुन्छ। सन्तानको सानो हाँसोमा उनीहरूको सम्पूर्ण संसार समेटिएको हुन्छ। जब छोराछोरीले पहिलो पटक पाइला चाल्छन्, उनी खुशीले हर्षित हुन्छन्। जब बच्चाहरू गल्ती गर्छन्, नरम शब्दमा सम्झाउँछन्। जब असफल हुन्छन्, तब साहस दिन्छन्।

धेरै बाबाहरू परदेशी मजदूरी गर्छन्, कतिपय बाबाहरू खेतबारीमा, कारखानामा, वा अफिसमा कठोर श्रम गर्छन्। उनीहरू आफ्ना व्यक्तिगत आवश्यकताहरूलाई बिर्सेर सन्तानको शिक्षामा खर्च गर्छन्। धेरैले नयाँ लुगा किन्नुभन्दा आफ्ना छोराछोरीलाई पुस्तक किनिदिन्छन्। रातभर जाग्राम बसेर, दु:खसुख सहेर पनि, बुबा सधैं आफ्नो परिवारको उज्ज्वल भविष्यको सपना देख्छन्।

आमा सहजै माया व्यक्त गर्छिन्, तर बाबाहरू चुपचाप माया पोख्छन्। उनीहरूको प्रेम शब्दमा होइन, व्यवहारमा देखिन्छ। उनीहरू हरेक परिस्थितिमा परिवारलाई सुरक्षित राख्न तत्पर रहन्छन्। जब सन्तान पहिलो चोटि असफल बन्छन्, बुबाले नै पुन: उठ्न प्रेरित गर्छन्। जब जीवन कठिन बन्छ, उनीहरू नै ढाल बनेर उभिन्छन्।
तर दुःखको कुरा के छ भने, कैयौं सन्तानले बाबाको त्याग बिर्सन्छन्। जब तिनीहरू सक्षम हुन्छन्, जागिर खान्छन्, आत्मनिर्भर बन्छन्, धेरैजसो बाबालाई एक्लो छोडिन्छ। वृद्धावस्थामा जब सन्तान टाढिन्छन्, बाबाहरूको मन भतभति पोल्छ। जसले जीवनभर सन्तानको सुखको लागि संघर्ष गर्‍यो, अन्त्यमा उसले नै उपेक्षा भोग्नुपर्छ।

हामीले हाम्रा बाबाहरूको संघर्षलाई सम्मान गर्नुपर्छ। उनीहरूको योगदानको कदर गर्नुपर्छ। परिवारका लागि गरेको तिनको बलिदानलाई बुझ्नुपर्छ। सम्बन्ध केवल रगतको सम्बन्धले मात्र बलियो हुँदैन, सम्मान, माया, र बुझाइले पनि बलियो हुन्छ।
हरेक बाबु एक उदाहरणीय अभिभावक हुन्। उनीहरूका सपना, भावना, र योगदानलाई बुझ्नु हरेक सन्तानको जिम्मेवारी हो। उनीहरू हाम्रा लागि भगवानसरह हुन्, जसले निस्वार्थ प्रेम गर्छन्, जसले केही अपेक्षा नगरिकन दिनरात हामीलाई उज्यालो भविष्यतर्फ डोर्‍याइरहेका छन्। त्यसैले, समयमै उनीहरूको महत्त्व बुझौँ, सम्मान गरौँ, र निःस्वार्थ माया फर्काऔँ।

“बुबाको त्यागलाई कहिल्यै नबिर्सौँ, किनकि तिनले हाम्रो लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन्।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज