Advertisement

ताजा अपडेट

कैलालीको स्याउले बजारमा नाबालिकामाथि बलात्कार गरेको आरोप, होटल सञ्चालक पक्राउ

कैलालीको स्याउले बजारमा नाबालिकामाथि बलात्कार गरेको आरोप, होटल सञ्चालक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको स्याउले बजारमा रहेको एक होटलका सञ्चालक नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ स्थित काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँदलाई नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। सोही होटलमा काम गर्दै आएकी नाबालिकाले पुस १५ गते राति आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि शनिबार साउँदलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार घटनापछि भोलिपल्टै पीडितको उजुरीका आधारमा साउँदविरुद्ध मुद्दा दर्ता गरिएको हो। प्रारम्भिक अनुसन्धानमा पुस १५ गते रातिको समयमा होटलभित्रै साउँदले नाबालिकामाथि बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ। पीडित नाबालिकाको नवजीवन अस्पताल र अत्तरिया अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाबार...
रामारोशनमा माओवादी कमजोर बन्दै, तीन वडा अध्यक्ष प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश

रामारोशनमा माओवादी कमजोर बन्दै, तीन वडा अध्यक्ष प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रभाव कमजोर बन्दै गएको संकेत देखिएको छ। माओवादी केन्द्रबाट निर्वाचित तीन जना वडा अध्यक्षले पार्टी परित्याग गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्। रामारोशन गाउँपालिका वडा नम्बर १, २ र ६ का वडा अध्यक्षहरू क्रमशः चक्र साउँद, मीनबहादुर परियार र सुशील साउँद प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका हुन्। नेकपा माओवादी केन्द्रबाट अलग्गिएर गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाममा माओवादीको परम्परागत प्रभाव क्षेत्र कमजोर पार्दै अघि बढिरहेको चर्चा स्थानीय राजनीतिक वृत्तमा चल्न थालेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपक साउँदका अनुसार नवप्रवेशी वडा अध्यक्षहरूलाई पार्टीको प्रदेश समिति सदस्यको जिम्मेवारीसमेत दिइएको छ। साउँदले जनाएअनुसार अछाम जिल्लाका जनयुद्धका बन्दी परिवार, सहिद परिवार तथा घाइ...
प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले बझाङबाट ऐन महर सहित तीनजना सिफारिस

प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले बझाङबाट ऐन महर सहित तीनजना सिफारिस

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बझाङले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ऐनबहादुर महर सहित तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रबाट प्राप्त निर्देशन तथा निर्वाचन प्रक्रियाअनुसार जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेको हो । सिफारिस सूचीमा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरसँगै जिल्ला कमिटी बझाङका पूर्व उपाध्यक्ष मोहनराज जोशी तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री रहेका छन् । ऐनबहादुर महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पाँच दलीय गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए । यो क्षेत्रकै प्रभावशाली नेता मानिने युवा नेता तथा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर योपटक पनि चुनाव लड्ने विषयले चर्चा पाएको छ ।...
एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार सङ्ग्रहालय अवलोकन

एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार सङ्ग्रहालय अवलोकन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
ललितपुर- पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन्। पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन्। अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ हजार ३३७ विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका थिए। यस आधारमा सन् २०२५ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ। सन् २०२५ मा ४० हजार ४०० नेपाली विद्यार्थी र एक लाख २४ हजार ५५० नेपाली सर्वसाधारणले पाटन दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन्। प्रशासकीय प्रमुख लाखेका अनुसार नेपाली पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ। उनले भने, “देशको बदलिँदो परिस्थितिका कारण विदेशी पर्यटकको आगमनमा उतारचढाव देखिए पनि नेपाली पर्यटकको सङ्ख्या भने निरन्तर बढिरहेको छ।” विदेशी पर...
आजदेखि स्वस्थानी व्रत र माघ स्नान आरम्भ

आजदेखि स्वस्थानी व्रत र माघ स्नान आरम्भ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आजदेखि एक महिनासम्म मनाइने स्वस्थानी व्रत तथा माघ स्नान औपचारिक रूपमा शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने र कथावाचन गर्ने परम्परा रहिआएको छ । स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यमा वर्णित कुमार र अगस्त्य ऋषिबीचको संवादमा आधारित स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने धार्मिक परम्परा रहेको छ । यस अवधिमा विभिन्न शक्तिपीठमा विशेष पूजा–आराधना गरिन्छ । एक महिनासम्म श्रद्धापूर्वक व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन जनै, सुपारी, पान, फूल, रोटी, अक्षतालगायत सामग्री चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार यसरी अर्घ्य अर्पण गरेपछि स्वस्थानी व्रत सम्पन्न भएको मानिन्छ ।...
आजदेखि जलपन्छीको गणना सुरु

आजदेखि जलपन्छीको गणना सुरु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आजदेखि जलपन्छीको गणना सुरू भएको छ । देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा रहेका जलपन्छीको गणना सुरु भएको हो । हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्म जलपन्छीको गणना गर्ने गरिन्छ । पानी, ताल तलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार गर्ने, प्रजनन गर्ने र धेरैजसो समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । यसवर्ष आजदेखि शुरू भएको गणना आउँदो माघ ४ गतेसम्म चल्नेछ । वेटल्याण्ड ईन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण संघलगायतले पनि जलपन्छीको गणनामा आवश्यक सहयोग गरेका छन् । चराको बारेमा ज्ञान भएका, पहिचान गर्न सक्ने सीप, क्षमता रहेका ४ सयभन्दा धेरै जना गणनामा सहभागी छन् । वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार जलपन्छीक...
बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

बित्थडचिर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विष्टलाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रमेश बहादुर विष्ट लाई दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार गाउँपालिकामा कार्यरत वरिष्ठ कर्मचारी विष्टलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८५ को उपदफा (४) बमोजिम हाल प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको अवस्थामा वा अर्को व्यवस्था नहुँदासम्म गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी विष्टलाई तोकिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त निर्णय तह कार्यालयको पत्र संख्या १३४४, मिति २०८२/०९/०२ को पत्रका आधारमा गरिएको हो।   यसअघि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली को गत पौष २ गते डेढ महिनामै सरुवा भएपछि गाउँपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा रहेको थियो।...
आज पनि तराई मधेशमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

आज पनि तराई मधेशमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था नरहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान छ । यसैगरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु कायमै रहने अनुमान गरिएको छ । हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाल...
तुर्माखाँदको नाडामा वडा कार्यालय भवनको शिलान्यास, विकासमा फड्को मार्दै गाउँपालिका

तुर्माखाँदको नाडामा वडा कार्यालय भवनको शिलान्यास, विकासमा फड्को मार्दै गाउँपालिका

Breaking News 3, अछाम, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
अछामको तुर्माखाँद गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिएको छ। यसै क्रममा वडा नम्बर ५, नाडामा वडा कार्यालयको नयाँ भवन निर्माणका लागि विधिवत् रूपमा शिलान्यास गरिएको छ । ​गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले आज भवनको शिलान्यास गरेका हुन् । आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा परेको असहजतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्राथमिकताका साथ भवन निर्माणको कार्य अघि बढाएको हो । ​स्थानीय स्तरबाटै सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यस भवनको आर्थिक विवरण निम्नानुसार रहेको छ: ​कुल लागत अनुमान: रु १,९२,४२,३८२/- ​सम्झौता रकम: रु रु १,०७,४७,५२३/- गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसी भन्छन ​"हामी चुनावी नारामा मात्र होइन, व्यवहारमै जनताको सेवामा अहोरात्र खटिएका छौँ। नाडामा बन्ने यो भवनले स्थानीय सरकारको आभास दिलाउनेछ र नागरिकलाई छिटो-छरितो सेवा प्रदान गर्न...
नेपाली कम्युनिष्ट पार्टीको प्रतिनिधिसभा समानुपातिक बन्द सुचिमा निर्मला साउँद

नेपाली कम्युनिष्ट पार्टीको प्रतिनिधिसभा समानुपातिक बन्द सुचिमा निर्मला साउँद

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसकेको छ । सोमबार पार्टीले बन्दसूची बुझाएको हो । साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १६ वामपन्थी घटकबिच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएकोले सबैको सहभागिता सुनिश्चित हुने गरी बन्दसूची बुझाइएको नेकपाले बताएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले बुझाएको समानुपातिक सुचीमा यसअघि मन्त्रि र सांसद भएका बाहेक अधिकांश नयाँलाई अवसर दिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको नामावलीमा खसआर्य तर्फ ३२ जनामा टफ आठ जना भित्र अछामकी चर्चित महिला नेत्रि निर्मला साउँदको नाम समावेस गरेको हो भने सुदुरपश्चिम प्रदेश महिला कलस्टरबाट सिङ्गल नाम समावेस भएको हो। को हुन त निर्मल...
कैलालीको कैलारी-१ मा रहेको दिपेन्द्र माविको ४९ औँ वार्षिकोत्सव सम्पन्न , उत्कृष्ट विद्यार्थी सम्मानित

कैलालीको कैलारी-१ मा रहेको दिपेन्द्र माविको ४९ औँ वार्षिकोत्सव सम्पन्न , उत्कृष्ट विद्यार्थी सम्मानित

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको कैलारी गाउँपालिका- १ मा रहेको दिपेन्द्र माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक समारोहबीच विद्यालयको को ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी प्रमुख आतिथ्यमा भएको थियोे । उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको र विद्यालयको व्यवस्थापनमा आवश्यक जिम्मेवारी पालिकाले लिने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष चौधरीले शिक्षा सुधारका लागि हरसम्भव प्रयास भइरहे पनि सोचेजस्तो प्रतिफल आउन नसकेको बताए। कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले शिक्षामा सुधार ल्याउन शिक्षकको मात्र एकल प्रयास पर्याप्त नहुने भन्दै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्। यस्तै, गाउँपालिका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले सामुदायिक विद्यालयमा ...

वन अतिक्रमण विरुद्ध कडा रूपमा उत्रिए अधिकृत कपिल रावल: बसन्तामा अवैध संरचना भत्काइयो

Breaking News 2, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली: कैलालीको कैलारी गाउँपालिकास्थित बसन्ता सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाउन वन प्रशासनले सक्रियता देखाएको छ। सब डिभिजन वन कार्यालय बसन्ताका वन अधिकृत कपिल रावलको प्रत्यक्ष नेतृत्वमा शनिबार एक विशेष टोलीले बड्का बसन्तामा वन मिचेर बनाइएको संरचना हटाएको हो । अधिकृत रावलले  कैलारी गाउँपालिका वडा नं. ७ स्थित बसन्ता सामुदायिक वनको जग्गामा एक परिवारले अवैध रूपमा छाप्रो निर्माण गरी वन अतिक्रमण गरेका थिए। सोको सूचना प्राप्त हुनासाथ वन अधिकृत कपिल रावलको नेतृत्वमा खटिएको सब डिभिजन वन कार्यालय र बसन्ता सामुदायिक वनको संयुक्त टोलीले उक्त छाप्रो तत्कालै भत्काएर वन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ। अधिकृत रावल भन्छन ​" वन अतिक्रमणमा कुनै सम्झौता हुँदैन ।" अतिक्रमण हटाउने कार्यको नेतृत्व गर्दै वन अधिकृत कपिल रावलले वन क्षेत्रको संरक्षणमा कसैको दबाब वा प्रभाव स्वीकार्य नहुने स्पष्ट...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज