Advertisement

ताजा अपडेट

कुन निर्वाचन क्षेत्रमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

कुन निर्वाचन क्षेत्रमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ । उम्मेदवारले तोकेको खर्च...
धनगढीमा ० देखि १० वर्षका बालबालिकाका लागि ‘जिरो टु टेन’ खुल्दै

धनगढीमा ० देखि १० वर्षका बालबालिकाका लागि ‘जिरो टु टेन’ खुल्दै

Breaking News 1, कैलाली, ताजा अपडेट, ब्यापार, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, धनगढी- धनगढीमा ० देखि १० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै उत्कृष्ट एक–स्टप बाल सामग्री पसल ‘जिरो टु टेन’ सञ्चालनमा आउने भएको छ। बालबालिकाले मन पराउने लुगा, खेलौना, शैक्षिक सामग्री तथा आवश्यक अन्य सामानहरूको आकर्षक र गुणस्तरीय संग्रह एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित पसल चाँडै सञ्चालनमा ल्याउन लागिएको हो। सञ्चालक अविरल रोकायाका अनुसार ‘जिरो टु टेन’ ले अभिभावकहरूलाई सहज किनमेलको अनुभव प्रदान गर्नेछ भने बालबालिकाका लागि सुरक्षित, उपयोगी र रुचिपूर्ण सामग्रीहरू उपलब्ध गराउनेछ। पसल धनगढी उपमहानगरपालिका- ४, रातोपूलस्थित डीबी कम्प्लेक्स, नवजीवन अस्पतालको अगाडि अवस्थित रहनेछ। पसलको औपचारिक उद्घाटन मिति भने छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।...
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव

ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ । ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे सैन्य शक्तिको प्रयोग पनि एक विकल्पमा रहेको बताएपछि तनाव उत्पन्न भएको हो । राष्ट्रपति ट्रम्पले पछिल्लो समय पटक–पटक ‘हामीलाई ग्रिनल्याण्ड चाहिन्छ’ भन्ने अभिव्यक्ति दिनुभएको र यसले अन्तर्राष्ट्रिय चाँसो र प्रतिक्रिया बढाएको बीबीसीले जनाएको छ । डेनमार्क र युरोपेली देशहरू अमेरिका विरुद्ध एकजुट भएका छन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कले संयुक्त वक्तव्य निकाल्दै ग्रिनल्याण्डको सार्वभौमिकता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्से...
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ। आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवंउपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।...
भेरी नगरपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड र सातौँ मेयर कप माघ ७–१० सम्म रिम्नामा हुने

भेरी नगरपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड र सातौँ मेयर कप माघ ७–१० सम्म रिम्नामा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कालिकोट, ताजा अपडेट
भेरी नगरपालिकास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा सातौँ मेयर कप खेलकुद प्रतियोगिता यही २०८२ साल माघ ७ देखि १० गतेसम्म भेरी त्रिवेणी माध्यमिक विद्यालय, रिम्ना मा आयोजना हुने भएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति को आज सम्पन्न बैठकले खेललाई व्यवस्थित, मर्यादित र उत्साहपूर्ण वातावरणमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकपछि तत्कालीन नगरप्रमुख चन्द्रप्रकाश घर्तिले प्रतियोगितालाई नगरकै खेलकुद विकासको गौरवशाली अभियानको रूपमा अघि बढाइएको बताउनुभयो । नगरपालिकाले प्रतियोगिताको तयारीका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन र समन्वय कार्यलाई तीव्र रूपमा अघि बढाउने जनाएको छ। खेलमा नगरभित्रका विद्यालयस्तरिय छात्र-छात्राले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । स्थानीय अभिभावक, शिक्षक, खेलप्रेमी र युवाहरूले प्रतियोगिताको निर्णयलाई स्वागत गर्दै खेलले दुर्गम क्षेत्रका खेलाडीलाई प्रोत्साहन र प्...

नेकपा एमाले बझाङ इन्चार्जमा ऐन महर

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ: नेकपा एमालेले बझाङ जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ऐन महरलाई दिएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । केन्द्रीय कमिटी सदस्यसमेत रहेका महर पूर्व अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले बझाङले महरसहित तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । महरले बझाङमा सोमबारदेखि निर्वाचन केन्द्रित प्रचार–प्रसार अभियान पनि सुरु गरिसकेका छन् ।...
पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

पराजयपछि पुनः मैदानमा ऐन महर, आजबाट सुरू गरे प्रचारप्रसार अभियान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जनता भेटघाट तथा प्रचारप्रसार अभियान सुरु गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महरले छविसपाथिभेरा गाउँपालिका १ बाट अभियानको औपचारिक सुरुआत गरेका हुन्। शनिबार फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बझाङबाट महरसहित तीन जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका महर पुनः सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन् । अभियानको पहिलो दिन स्थानीयहरू सँगको भेटघाटमा महरले विकास र समृद्धिका मुद्दामा आफु प्रतिबद्ध रहेको बताए। उनले भने, ´बझाङको समग्र विकासका योजनालाई पूर्णता दिनु मेरो प्राथमिकता हो । तपाइहरू को विश्वास र साथ पाए परिवर्तन सम्भव छ भन्नेमा म विश्वस्त छु ।` उनले जनताको सुझाव र गुनासोलाई आत्मसात गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमसहित गाउँ–गाउँ पुग्ने ब...
बझाङको बित्थडचिरमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङको बित्थडचिरमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ९ मा रहेको सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा आज आइतबारदेखि प्रतियोगिता सुरु भएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको वडाध्यक्ष तथा पालिका प्रवक्ता हरिचन्द्र जोशीले जानकारी दिए। प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, कबड्डी तथा एथलेटिक्स लगायतका खेलहरू सञ्चालन भइरहेका छन्। पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि सहभागी गराइने गाउँपालिकाले जनाएको छ। उद्घाटन कार्यक्रम गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ७ का अध्यक्ष दिनेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक...
ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं : भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्टेटमेन्ट लिएको छ । बयानका लागि पत्र बुझाउन गुण्डु पुगेको आयोगको टोली ओलीको लिखित स्टेटमेन्ट लिएर फर्किएको हो । ओलीले जाँचबुझ आयोगको प्रश्नमा लिखित जवाफ दिनुभएको आयोग स्रोतले पुष्टि गरेको हो । सहसचिव नेतृत्वको आयोगको टोली पत्र र प्रश्नसहित आइतबार दिउँसो ओली निवास गुण्डु पुगेको हो । गत असोज ५ गते गठित आयोगले असोज ८ गतेबाट काम थालेको थियो । एमाले अध्यक्ष ओलीले पटक-पटक आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । आयोगले पनि ओली बयान दिन नआए सरकारको सहयोगमा बयानमा बोलाउने दाबी गरिरहेको थियो तर, आइतबार आयोगको टोली सुटुक्क ओली निवास पुगेर बयानको औपचारिकता पूरा गरेको हो । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित फिल्डमा खटिएका...
धनगढीमा चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ पौष २२ देखि सुरु हुने

धनगढीमा चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ पौष २२ देखि सुरु हुने

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले चैतन्य विद्यार्थी महोत्सव २०८२ दोस्रो संस्करण आयोजना गर्ने भएको छ। गत वर्षदेखि सुरु गरिएको विद्यार्थी महोत्सव यसवर्ष दोस्रो संस्करण यहीँ पौष २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको हो। आइतबार विद्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत पाठशालाले “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको छ। महोत्सवले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील तथा सांस्कृतिक प्रतिभा उजागर गर्ने लक्ष्य लिएको चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए। कक्षाकोठामा सीमित शिक्षाभन्दा बाहिर विद्यार्थीलाई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने उद्देश्य रहेको आयोजक पक्षको विश्वास छ। महोत्सवमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, आत्मअनुशासन, नेतृत्व क्ष...
बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो। न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश भएको थियो। सिंहले दिएको दोषी ठहरको रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भिम बहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया दोषी ठहर भएका हुन्। अदालतले दोषी ठहर भएका स...
प्रतिनिधिसभा निर्वाचन: नेपाल कम्युनिष्ट बझाङबाट भरत मल्ल एकल उम्मेदवार सिफारिस

प्रतिनिधिसभा निर्वाचन: नेपाल कम्युनिष्ट बझाङबाट भरत मल्ल एकल उम्मेदवार सिफारिस

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) बझाङले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्ष तर्फ भरत मल्ललाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। शनिबार बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा सम्पन्न विशेष बैठकले मल्ललाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको पार्टीले जनाएको छ। बैठकमा आगामी निर्वाचनलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज