छबिसपाथिभेरा- ७ बुड्खोरीका १५ वर्षीय अशोक धामी तीन दिनदेखि बेपत्ता, खोजीमा सहयोग गर्न आग्रह
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ७ बुड्खोरी टोलका एक किशोर ३ दिनदेखि बेपत्ता भएका छन्।
सेरीका राम बहादुर धामी र शिला देवी धामीका छोरा, करिब १५ वर्षीय अशोक धामी यही असोज ३० गते बेलुकी घरबाट हिँडेका थिए। त्यसयता उनी परिवारसँग सम्पर्कमा छैनन्।
परिवारका अनुसार अशोक कक्षा १० मा अध्ययनरत थिए। हराउने बेला उनले सेतो जिन्स पाइन्ट, रातो टिसर्ट र कालो जकेट लगाएका थिए। केही समयअघि उनको टाउकोमा चोट लागेका कारण अझै पूर्ण रूपमा ठिक नभएको असोकका काका प्रकाश धामीले जानकारी दिए।
उनलाई देख्ने भेट्ने जो–कोही महानुभावले ९८६८७७८५९९, वा नजिकै प्रहरी कार्यालय खबर गरि सहयोग गरिदिन अनुरोध गरिएको छ।...











