Advertisement

ताजा अपडेट

बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

बझाङको सुवेडामा पहिलो ´ महर स्पोट कप- २०८२` सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडामा पहिलो पटक ‘महर स्पोट कप २०८२’हुने भएको छ । महर स्पोटको आयोजनामा हुन लागेको यो प्रतियोगिता भलिबल खेल केन्द्रित रहनेछ । कार्यक्रमका प्रमुख आयोजक तथा महर स्पोटका अध्यक्ष ईश्वर महरका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेल, संस्कृति, पहिचान र भेषभूषाको संरक्षण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने रहेको छ । उनले वडाका खेलाडीलाई विशेष प्राथमिकता दिइने पनि बताए । प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५१ हजार १४६, द्वितीयले रु. ३१ हजार १४६र तृतीयले रु. २१ हजार १४६ नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क रु. ४ हजार निर्धारण गरिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति २०८२ कार्तिक ७ गते साँझ ५ बजेसम्म तय गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम भने  २०८२ कार्तिक ८ गते सुवेडा (छयाला), बझाङमा गरिनेछ । भलिबल ख...
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
  धनगढी,  तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानक...
बोका, चामल र खुशी लिएर मदन भण्डारी बाल आश्रम पुगे दुर्गाथली अध्यक्ष दिलबहादुर थापा

बोका, चामल र खुशी लिएर मदन भण्डारी बाल आश्रम पुगे दुर्गाथली अध्यक्ष दिलबहादुर थापा

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ । दुर्गाथली गाउँपालिका–१ मा रहेको मदन भण्डारी बाल आश्रममा गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा (तुफान) आज बोका सहित पुगेका छन् । केही दिनअघि आश्रमका १७ जना नानिबाबुहरूलाई दुर्गाथली–३ रकैल घर भई हाल बेंगलोर बसोबास गर्दै आएका प्रिन्स महेन्द्र बहादुर धामीले एक–एक जोर न्यानो लुगा वितरण गर्ने जिम्मा अध्यक्ष थापालाई दिएका थिए । त्यस क्रममा अध्यक्ष थापाले बालबालिकालाई मासु–भात खुवाउने वाचा गरेका थिए । उक्त वाचा अनुसार अध्यक्ष थापा आज एक बोका, एक कट्टा चामल, जुस र भुजियाका पाकेटहरू सहित आश्रम पुगेका थिए । अध्यक्ष थापा आश्रम पुगेपछि बालबालिकाहरूले दिपावलिको अवसरमा डिजे बजाएर रमाइलो गर्दै खुशी व्यक्त गरेका थिए । दिपावलिको अवसरमा गरिएको यस सहयोगले आश्रमका बालबालिकामा थप उत्साह र उमङ्गको वातावरण सिर्जना भएको आश्रमका सदस्यहरूले बताएका छन् ।...
बझाङमा मालबाहक ट्याक्टर दुर्घटना

बझाङमा मालबाहक ट्याक्टर दुर्घटना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा मालबाहक ट्याक्टर दुर्घटनामा परेको छ । सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पुगरतर्फ गइरहेको सुपप्र०१००२ त ६७६२नम्बरको ट्याक्टर सिमोल्तोला नजिकैको किर्याडी जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभए पनि जयपृथ्वी नगरपालिकाको अनुदानमा प्राप्त गहुँको बिउ, मललगायतका सामग्री नष्ट भएका स्थानीय बिरबहादुर ओलीले जानकारी दिए । प्रत्यक्षदर्शी तिलक विष्टका अनुसार उकालो र साँघुरो सडकमा ट्याक्टरले चढ्न नसक्दा दुर्घटना भएको हो । उनका अनुसार उक्त ट्याक्टरमा एक दर्जनभन्दा बढी स्थानीय सवार थिए, तर चालकले साँघुरो र जोखिमपूर्ण भाग पार गर्नुअघि उनीहरूलाई ओरालेर जोगाएका कारण ठूलाे मानवीय क्षति हुनबाट बच्न सकिएको जनाइएको छ ।...
सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन नगर्ने व्यापारीहरूलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्। नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य किसानहरूले नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई तत्काल अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी किसानहरूले तोकिएको मूल्य पाएको वा नपाएको विषयमा अनुगमन गर्न र आवश्यक कारवाही गर्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री शाहले सरकारले तोकेको मूल्यमा किसानले आफ्नो उत्पादन बिक्री गर्न पाउनु पर्नेमा जोड दिँदै, “समर्थन मूल्य किसानको हक हो, यसको कार्यान्वयन सुनिश्चित हुनैपर्छ,” भन्ने धारणा राखे। यसअघि २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रति...
नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य
    कास्की —सरकारीसरह पारिश्रमिक माग गर्दै पोखराका दुई ठूला निजी अस्पतालका नर्स केही दिनदेखि आन्दोलित छन् । पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्स २४ असोज र नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) का नर्स २६ असोजदेखि आन्दोलनमा छन् । नागढुंगास्थित चरक मेमोरियल हस्पिटलका नर्स पनि शनिबारदेखि आन्दोलनमा उत्रिएका छन् । पारिश्रमिकको विषयले नर्सिङ एसोसिएसन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गरी दुई छाता संगठन आमनेसामने भएका छन् । नर्सिङ संघ सरकारले गरेको परिपत्रअनुसार सरकारीसरह सुविधा दिनुपर्ने पक्षमा छ भने अफिनले त्यो कुनै पनि हालतमा सम्भव नहुने बताइरहेको छ । नर्सहरूले पम्प्लेट बोकेर श्रमको मूल्य मागेको १० दिन बित्दा पनि सहमतिको कुनै संकेत छैन । पोखरामा नर्सिङ संघ सहभागी भएर हालसम्म कुनै वार्ता नभएको ...
प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै

प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे छलफल कार्यक्रम तय भएको छ । कतिपय राजनीतिक दलहरुले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण नबनाएको, राजनीतिक दलसँग कुनै छलफल र संवाद नगरेको, निषेधको राजनीति गरेको भन्ने आरोप लगाउँदै आएका थिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा रानजीतिक दलहरुसँग छलफल र संवाद गरेका थिए । तर, प्रधानमन्त्री कार्कीले यसअघि निर्वाचनबारे राजनीतिक दलसँग कुनै संवाद गरेकी थिइनन् ।...
विपिन जोशीको अन्तिम विदाइ आज

विपिन जोशीको अन्तिम विदाइ आज

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टी गरिदैछ । आज बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा सुरु गरी महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास समेत सहभागी हुने बताइएको छ । विपिनको शव सोमबार राति सवा आठ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको हो । सोमबार दिउँसो फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ ल्याइएको थियो । विपिनको शवलाई प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित सरकारका उच्च अधिकारीहरूले विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिनु भएको थियो । विपिनको शवलाई सोमबार अपराह्न नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी पठाई धनगढीबाट शव वाहनमार्फत कञ्चनपुरको महेन्द्रनगरस्थित घरसम्म ...
पहाडी भागमा मौसम आंशिक बदली, अरू सबैजसो ठाउँमा सफा

पहाडी भागमा मौसम आंशिक बदली, अरू सबैजसो ठाउँमा सफा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली र बाँकी अरु ठाउँमा मौसम सफा नै रहनेछ । कोशी, कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ । आज राति र भोलि बुधवार पनि देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भाइटीकाको दिन पर्सि बिहीवार पनि सबैजसो ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।...
आज कुकुर तिहार, नरक चतुर्दशी र साँझ लक्ष्मीपूजा गरिँदै

आज कुकुर तिहार, नरक चतुर्दशी र साँझ लक्ष्मीपूजा गरिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज देशभर कुकुर तिहार, नरक चतुर्दशी पर्व तथा लक्ष्मीपुजा मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिनमा पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै पर्ने भएको हो । नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी परेको दिन मनाइन्छ । आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाई कुकुर तिहार मनाइन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइने परम्परा छ । यसअघि हिजो काग तिहार मनाइएको थियो । त्यस्तै, आजै बेलुकी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । बिहानै घर सफा–सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई घरमा आमन्त्रण ग...
बझाङमा एक शिक्षक मृत अवस्थामा फेला

बझाङमा एक शिक्षक मृत अवस्थामा फेला

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्ने व्यक्ति मष्टा गाउँपालिका–२ स्थित ढँडार आधारभूत विद्यालयका शिक्षक तथा मष्टा–४ बास्तोलीका करिब ४५ वर्षीय मोतीराम थापा भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शिक्षक थापा असोज २९ गतेदेखि घर नआएका र कार्तिक १ गते साँझ आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको घट्टेखोलामा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार घट्टेखोलास्थित पानी घाँटीभन्दा तल उनको आधा शरीर खोलामा डुबेको अवस्थामा भेटिएको थियो। टाउको जनावरले टोकेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।...
ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै अहिले विरोध गर्नुको अर्थ नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्तरिम सरकारमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले चुनाव सफल पार्न सबैलाई आग्रह गरे । त्यसरी अगाडि नबढ्ने हो भने अराजकता र दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिए । ‘कुनै वितण्डा नगरौँ । हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा उठाउनुजस्तो हास्यास्पद अरू केही हुँदैन । निर्वाचन सफल पार्नका लागि म आग्रह गर्न चाहन्छु,’ उनले भने । राष्ट्रिय सहमतिका साथ अगाडि बढ्दा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने प्रचण्डले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने उनले बताए । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज