Advertisement

Day: २०८० पुष २९, आईतवार १७:३३

महावीर पुनको पुस्तक ३ महिनामै २५ हजार प्रति बिक्री

समाचार
काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तकको २५ हजारभन्दा बढी प्रति बिक्री भएको छ ।  गत असोज २८ मा सार्वजनिक भएको उनको पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ तीन महिनाको अवधिमा यो संख्यामा बिक्री भएको हो । पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । सोही सङ्ख्यालाई २५ हजार प्रतिले गुणन गर्दा एक करोड ८७ लाख ५० हजार रुपैयाँ हुन आउँछ । पुनले पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताएका छन् । उक्त पुस्तक बिक्री गर्न पुन देशका विभिन्न जिल्लाहरूमा गइरहेका छन् । त्यसबाहेक उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ ।...

प्रधानमन्त्री कपमा एपीएफको विजयी सुरुवात

समाचार
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । एपीएफले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सन्दीप जोराको शतक मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । पाँचौं नम्बरमा ब्याटिङमा आएको जोराले एक छेउबाट इनिङ सम्हाल्दै ११७ बलमा ११२ रन बनाए । त्यस क्रममा ५ छक्का र ७ चौका हाने । उनले छैटौं विकेटका लागि लोकेश बमसँग ६६ रनको र आठौं विकेटका लागि अमर रौतैलासँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । बम २७ र रौतेला २२ रनमा आउट भए । बलिङतर्फ बागमतीका लागि सूर्य तामाङले सार्वधिक ३ विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले २/२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए । जितका लागि २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रन बनाउँदै अलआउट भयो । बागमती...

पाकिस्तानलाई २१ रनले हराउँदै न्युजिल्यान्ड विजयी 

समाचार
काठमाण्डाैं – पाकिस्तानकाे दाेस्राे टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएकाे छ । आज भएकाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायाे । न्युजिल्यान्डले दिएकाे १ सय ९५ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रनमा अल आउट भयाे ।  पाकिस्तानका बाबर आजमले सर्वाधिक ६६ रन बनाए । यस्तै फकर जमानले ५० रन जाेडे । न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए । यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन बनायाे । न्युजिल्यान्डका फिन एलेनले ७४ रन बनाए । पाकिस्तानका हरिस राैफले ३ विकेट लिए । याे जितसँगै न्युजिल्यान्डले ५ खेलकाे शृङ्खलामा २–० काे अग्रता लिएकाे छ । पहिलाे खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएकाे थियाे । तेस्राे खेल आउँदाे बुधवार हुनेछ ।...

२१ विकास आयोजनामा रास्वपाले पदयात्रा गर्ने

समाचार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माणको काम सुस्त रहेका २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने भएको छ । विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिए ।  कुन कुन आयोजनामा पदयात्रा गर्ने भन्ने टुंगो रास्वपाको ३ माघमा बस्ने केन्द्रीय समितिले लगाउनेछ । पदयात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए ।  यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए ।  उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए । यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको ११३ कि...

गोदावरी नगरपालिकाले भोलि मकर मेलामा निःशुल्क  ६ बस सञ्चालन गर्ने

समाचार
धनगढी - कैलालीको गोदावरी नगरपालिकाले गोदावरी धाममा भोलि लाग्ने मकरसंक्रन्ति मेलामा निः शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । भोली माघ १ गते देखि लाग्ने मकर मेलाको लागि नगरपालिकाले श्रद्धालु भक्तजनहरूको आवतजावतको लागि यात्रु बसको सुविधा गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी निः शुल्क बस सेवा दिने जानकारी गराएको हो । आज गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी मकर मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको आवतजावत हुने भएको कारण गोदावरी नगरपालिकाको तर्फबाट निः शुल्क ६ वटा बसको व्यवस्था गरेका बताए ।  उनले मेलामा आउने श्रद्धालु भक्तजनहरुको घुइचोलाई मध्यनजर गर्दै १ गते का दिन अत्तरियाबाट गोदावरी आउने जाने सुविधा राखेको बताए । ...

डडेल्धुराको परशुराम धाममा आज राति  मेला लाग्ने 

समाचार
डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा माघे संक्रान्तिको अवसरमा आइतबार राति भव्य मकर स्नान मेला लाग्दै छ ।  परशुराम धाममा पुस मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ । परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ । भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुराम धाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ । पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन् । नेपाल–भारतको सीमा भई बग्ने महाकाली नदी किनारमा रहेको परशुराम धाममा गरिने मकर स्नानलाई धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । मेलामा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेका छन् ।  विश्व हिन्दु युवा संघ डडेल्धुराले मकर संक्रान्तिक...

धनगढीको छ लेनका बत्ती फेरिँदै

समाचार
धनगढी - धनगढीका सडक बत्ती फेर्न थालिएको छ । धनगढीको ६  लेन सडकको ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस चोकदेखि मोतिचोकसम्मका स्मार्ट स्ट्रिटलाइट फेरिन लागेका हुन् । यो क्षेत्रमा सम्झौताअनुसारका गुणस्तरीय स्ट्रिटलाइट जडान नगरेकाले अहिले बदल्न थालिएको हो ।  स्ट्रिटलाइट जडानको ठेक्का पाएको श्री ड्राइभ इलेक्ट्रोनिक्स प्रालिले सुरूमा सम्झौता बमोजिमको स्ट्रिटलाइट जडान नगरेको पाइएपछि उपमहानगरपालिकाले भुक्तानी रोकेको थियो । कम्पनीले सम्झौताअनुसारका गुणस्तरीय स्ट्रीटलाइट जडान गर्न थालेको उपमहानगरले जनाएको छ । कम्पनीले ट्राफिक चौरहादेखि भन्सारसम्म र हुलाकी सडकका स्ट्रिटलाइट बदल्ने उपमहानगरपालिकाले जनाएको छ ।...

सुदूरका पहाडी जिल्लामा नरहरी पर्वको रौनक

समाचार
धनगढी - सुदूरपश्चिमका पहाडी जिल्लामा नरहरी पर्वको रौनक छाएको छ ।  मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएकोले अहिले रौनक छाएको हो । नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रहिआएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ । माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय संस्कृतिका जानकारहरुको भनाई रहेको छ । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको छ । सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी, झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ । माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रच...

कैलालीको गोदावरीमा दुई दिन स्थानीय विदा

समाचार
धनगढी - कैलालीको गोदावरी नगरपालिकामा दुई दिन स्थानीय विदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा २ दिन २ र ३ गते विदा दिने निर्णय गरिएको हो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर कार्यपालिकाको पुष २३ गतेको १०६ औं कार्यपालिका बैठकले २ दिन विदा दिने निर्णय गरेको उल्लेख छ । सूचनामा गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिईएको उल्लेख छ । माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले नै विदा दिएको छ ।...

न्यायाधीश गिरीकी पत्नीले अदालतभित्र गरिन् आत्मदाह प्रयास

समाचार
काठमाण्डौं - न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छिन् ।  उनले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन् । गिरीले आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा बताईएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल–मट्टितेल खन्याइन् । तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे ।  त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।...

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार
धनगढी - कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।  जिल्लाको भजनी नगरपालिका–९ पहलमान झोलुङ्गे पुलस्थित सडकबाट ५ ग्राम ६ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका–४ का २७ वर्षीय अभिसेख चौधरी लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।...

देवघाटमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेला सुरू

समाचार
चितवन - देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको सुरूवात गरिएको छ ।  विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको सुरूवात गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो । देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज