काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तकको २५ हजारभन्दा बढी प्रति बिक्री भएको छ ।
गत असोज २८ मा सार्वजनिक भएको उनको पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ तीन महिनाको अवधिमा यो संख्यामा बिक्री भएको हो ।
पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । सोही सङ्ख्यालाई २५ हजार प्रतिले गुणन गर्दा एक करोड ८७ लाख ५० हजार रुपैयाँ हुन आउँछ । पुनले पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताएका छन् ।
उक्त पुस्तक बिक्री गर्न पुन देशका विभिन्न जिल्लाहरूमा गइरहेका छन् । त्यसबाहेक उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३