Advertisement

Day: २०८० पुष २९, आईतवार १३:५९

सन्दीपको शतकमा एपीएफले बागमतीलाई दियो २४२ रनको लक्ष्य

समाचार
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सन्दीप जोराको शतकीय पारीमा एपीएफले बागमतीलाई २४२ रनको लक्ष्य दिएको छ । एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ११२ को शतकीय पारी खेले । उनले ११७ बलमा ७ चौका ५ छक्का प्रहार गर्दै अन्तिम ओभरमा रन आउट हुन पुगे । ४१ रनमा पाँच विकेट गुमाएको एपीएफको धरमर ब्याटिङलाई सन्दीप जोराले सम्हालेका हुन् । उनले लोकेश बमसँग ६६ रनको साझेदारी गरे । अमर रौतेलासँग ६८ रनको साझेदारी गरे । ओपनर प्रज्वल शाही १० र आसिफ शेख १५ रनमा आउट भए । लोकेश बम २७, भुवन काकीए १०, अमर रौतेलाले २२ रन बनाए । अभिनाश बोहोरा १८ रन र श्याम-मौसम) ढकाल एक रनमा अविजित रहे । बागमतीका लागि सूर्य तामाङले सार्वधिक तीन विकेट लिए । प्रतिश जिसी, रिजन ढकालले दुइै/दुई विके...

बागमतीविरुद्ध सन्दीप जोराको अर्धशतक

समाचार
काठमाडौं - एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् । ४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए । सन्दीप हाल ७४ बलमा ६१ रन बनाउँदै खेलिरहेका छन् ।...

बाजुरामा सुन्तलाले पाएन बजार : किसान मर्कामा 

समाचार
बाजुरा, - सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन ।  कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताए । उपाध्यायले गाउँमै सात सयभन्दा बढी रोपनीमा सुन्तला खेती गरेका छन । अहिले बिक्री गर्न समस्या भएको उपाध्यायको गुनासो छ ।  गाउँमा कोल्डस्टोरको व्यवस्था छैन । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्डस्टोरको व्यवस्था भइदिए सहज हुने अपेक्षा उनले गरेका छन् । बाजुरा जिल्लाको गौमूल गाउँपालिका, बडिमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ उत्पादित सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्तला किसान पारू रोकायाले बताइन् ।...

धनगढी-१५ बाट एक वृद्धको उद्धार

समाचार
धनगढी - कैलालीको धनगढीबाट एक वृद्धको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–१५ कनरी बजार क्षेत्रबाट करिब ६५ वर्षीय वृद्धको प्रहरीको सहयोगमा उद्वार गरिएको हो। उद्वार गरिएका व्यक्ति मानसिक रुपमा अत्यन्तै कमजोर देखिएका छन्। उनलाई मानव सेवा आश्रममा राखिएको छ।

काठमाण्डौंमा भोलिदेखि मेलम्चीको पानी वितरण हुने

समाचार
काठमाण्डौं  - काठमाण्डौं उपत्यकामा भाेलि साेमवारदेखि मेलम्चीको पानी वितरण हुने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्ने भएका छन् ।  त्यसपछि उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले बताए । उनका अनुसार पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाण्डौंमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने छ ।  शुरुमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । भाेलि पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ ।...

चीनमा कोइला खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु, ६ जना बेपत्ता

समाचार
एजेन्सी - चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे ज्यान गएकाे छ । ६ जना बेपत्ता भएका छन् । खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ ।  विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे सबैकाे अवस्था समान्य रहेकाे छ ।  कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन् । हेनान प्रान्तको आपतकालीन व्यवस्थापन मन्त्रालयले बेपत्ताहरुकाे यथाशीघ्र खाेजी, उद्धार र मृतकहरुकाे पहिचानका लागि निर्देशन दिएकाे सिन्ह्वाले जनाएकाे छ ।   दुर्घटनाकाे कारण पत्ता लगाइ थप जाेखिम हुनबाट राेक्ने मन्त्रालयले जनाएकाे छ । ...

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

समाचार
बर्दिया - आगो ताप्ने क्रममा जलेर बर्दियामा एक महिलाको ज्यान गएको छ ।  जिल्लाको मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक स्थित घरको बरन्डामा आगो ताप्ने क्रममा ८७ वर्षीया चिन्की थरुनीको मृत्यु भएको हो । बर्दियामा चिसोबाट जोगिन आगो ताप्दै गर्दा एक्कासी आगो सल्केर गम्भीर घाइते भएकी उनको आज (आइतबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगलागी बिहान ३ बजे भएपनि बिहान साढे ५ बजे जानकारी पाएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।...

आज आलमविरुद्धको मुद्दामा सुनुवाइको पेसी

समाचार
वीरगञ्ज - इँटाभट्टीमा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दामा आइतबार पेशी तोकिएको छ।  जिल्ला अदालत, रौतहटमा आलमसहित पाँचजना विरुद्ध परेको मुद्दामा आज पेशी हुने अदालतका श्रेस्तेदार उद्घव ढोडारीले जानकारी दिए। उनका अनुसार दुवैतर्फका वकिलहरूले बहस नोट अदालतमा पेश गरिसकेकाले आज चढ्ने पेशीमा मुद्दाकाे अन्तिम फैसला आउने सम्भावना छ। आलमविरुद्ध जिल्ला अदालतमा विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दा दर्ता छ। विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको क...

अध्ययन र भ्रमणमा बिदेसियो पाँच महिनामा एक खर्ब २३ अर्ब

समाचार
काठमाडौँ - अध्ययन र भ्रमणका लागि पाँच महिना मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ ।  नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।  अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपियाँ बाहिरिएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपियाँ बाहिरिएको छ ।  श्रम तथा अध्ययनका लागि बिदेसिनेको सङ्ख्या बढ्दा यसबापत बाहिरिने रकम पनि बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्छ । साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपियाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपियाँ बाहिरिएको थियो ।  यस वर्ष समीक्षा अवधिमा ४७ अर्ब ३४ करोड रुपियाँ अध्ययनका लागि बाहिरिएको छ भने गत वर्ष सोही अवधिमा २८ ...

अछाममा एक बालकको रूखले च्यापिएर मृत्यु

समाचार
अछाम - दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ  ।  रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।  घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए ।

बैतडीमा एक पुरुष मृत फेला

समाचार
धनगढी - बैतडीमा एक पुरुष मृत फेला परेका छन्। सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेम सिंह धामी मृत फेला परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका हुन्।  उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज