Advertisement

Day: २०८० पुष २९, आईतवार २३:३१

सुदूरपश्चिममा डीआइजी केसीले सम्हाले कार्यभार

समाचार
धनगढी - प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ हाकिम एवं ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले पदभार सम्हालेका छन्।  केसीले आइतबार पदभार सम्हालेका हुन्। सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको सरुवा भएपछि केसी यहाँ आएका हुन्। ऊनी आइतबार नै कार्यालयमा हाजिर भएका थिए। उनले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका छन्।...

१४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि अत्तरियाको दुर्गालक्ष्मीलाई

समाचार
धनगढी - कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक अत्तरियाले जितेको छ। पुष २७ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १७ रजत र १६ कास्य सहित जम्मा ४६ पदक सहित उपाधी जितेको हो।  प्रतियोगितामा ९ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै ६ स्वर्ण, १ रजत र २ कास्य सहित दुर्गा भवानी माबि हरैया तेस्रो भएको छ। सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६३ स्वर्ण, ५९ रजत र ७५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन्।...

थारु समुदायमा माघीको रौनक

समाचार
धनगढी - तराईका भूमिपूत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।  नयाँ वर्षको रुपमा मनाइने माघ पर्व सो समुदायमा आजबाट सुरु भएपछि थारु बस्ती माघमय बनेको हो ।  माघी थारु समुदायको महान पर्व हो । यसलाई निकै उल्लासपूर्वक धुमधामसँग मनाउने गरिन्छ । पहिलो दिन आज बिहानैबाट जिता मार्ने कार्य भइरहेको गौरीगङ्गा नगरपालिकास्थित नुक्लीपुरका दिनेश दहितले बताए ।  माघको पहिलो दिन थारु संवतकाे अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको बताइएको छ ।  माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । भोलिदेखि थारु संवत् २६४७ सुरु हुँदैछ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मीयता दर्शाउनुका साथ...

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

समाचार
कञ्चनपुर - कञ्चनपुरबाट तस्करीको सामान बरामद गरिएको छ । भीमदत्त नगरपालीका–६ बनगाउँबाट भन्सार छलीका अन्दाजी १ लाख ७१ हजार ५ सय मुल्य बराबरका ज्याकेट, भेष्ट, सुट, कपडा, कोटपाईन्टको कपडा र खुद्रा सामान प्रहरीले बरामद गरेको छ । बरामद गरेको सामान  भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।...

‘मानव जातिको पहिचानका लागि कला संस्कृतिको जगेर्ना आवश्यक छ’

समाचार
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले कला संस्कृति बिनाको मानव अपूर्ण हुने बताएका छन् ।  नयाँ वर्षको रुपमा थारु चौधरी समुदायले मनाउँदै आएको माघ पर्वको अवसरमा कञ्चनपुरको कृष्णपुरमा आयोजित माघी मिलन कार्यक्रमको आइतबार उद्घाटन गर्दै मन्त्री साउदले पहिचानका लागि पनि उसले अपनाउने कला संस्कृतिको जगेर्ना आवश्यक रहेको बताएका हुन् । मानव जातिको विकासक्रमसँगै उसले सिकेको कला र अपनाउन थालेको सभ्यता र संस्कृतिको जगेर्ना गर्न सकेमात्रै हामी पनि मानव कहलाउने भएकाले परम्परादेखिका सकारात्मक प्रचलनलाई आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए । विभिन्न प्राकृतिक प्रकोपसँग जुझ्दै नेपालको पश्चिम तराईमा बस्ती विस्तार गर्ने थारु समुदाय यहाँको धर्ती पुत्र हो । मानव सभ्यतासँगै उसले अपनाएका कला संस्कृतिको जगेर्ना हाम्रो पहिलो प्राथमिता रहने भन्दै मन्त्री साउदले भने, "यो स...

नेपालभाषाका प्रख्यात गायक भृगुरामको निधन

समाचार
काठमाडौँ - नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।  अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।  स्वर्गीय भृगुरामको अन्त्येष्टि सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका तीन छोरा र एक छोरीमध्ये एक छोरा, एक छोरी र श्रीमतीको निधन भइसकेको छ ।  नेपालभाषाका प्रख्यात गायकका रुपमा चिनिने भृगुरामले गायक र अभियनको क्षेत्रमा लामो योगदान गरेका छन् । भृगुराम विक्रम सम्वत् १९९० कात्तिक महिनामा जन्मिएका हुन् । सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थालेका भृगुरामले २००९ सालदेखि रेडियो नेपालमा गाउन थालेका हुन् । नेपाल भषाको ‘जीवन दबू’ कार्यक्रम हार्मोनियम बजाउँदै भृगुरामले प्रत्यक्ष गाउन थालेका हुन् । उनले गाएका नेपाल भाषाको लोकगीत ‘माया रे रतन, जि नं छंके माया’ त्यतिबेला जनजीव...

‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर

समाचार
काठमाडौं - बाबुको विरासत पछ्याउँदै अभिनेता विराज भट्टका छोरा समीरले फिल्ममा डेब्यु गर्ने भएका छन् ।  भट्टले निर्देशन तथा निर्माण गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीरले डेब्यु गर्न लागेको जानकारी निकट स्रोतले दिएको छ । फिल्म डेब्युका लागि समीरले भारतको मुम्बईमा दशकदेखि अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् । व्यवस्थापन विषयमा स्नातक गरेका समीरको तस्वीरमा उनको एब्स देख्न सकिन्छ । उनले अभिनयकै लागि यो ज्यान बनाएको जनाइएको छ । मुम्बईको अँधेरीमा बस्दै आएका समीरले किशोर नमितबाट अभिनय कला सिकिरहेको जनाइएको छ । भारतीय फिल्मबाट अफर आएपनि विराजले छोरालाई नेपाली फिल्मबाटै डेब्यु गराउने चाहना राखेपछि ‘१२ गाउँ’ तय भएको जनाइएको छ । यतिबेला यो फिल्मको प्रि-प्रोडक्सनमा काम भइरहेको छ ।...
बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनीत

बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनीत

बझाङ, मुख्य समाचार
बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ वटा पालिकामा खेलकुद समिति मनोनित गरेको छ । खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउपालिका , दुर्गाथली गाउपालिका , साईपाल गाउपालि र थलारा गाउपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया "ज्वाला" ले जानकारी दिनुभयो । जसमा खप्तडछान्ना गाउपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा टिकाराम गिरी ,मेखराज रावल सन्जुदेबि भण्डारी लाई मनोनित गरियको छ । त्यस्तै दुर्गाथली गाउपालिका खेलकुद समितिको अध्यक्षमा दिनेश बहादुर थापा , सदस्यमा ऐन बहादुर दौल्याल ,जोग बहादुर दौल्याल , सरिता कुमारी कडायत ( थापा ) लाइ मनोनित गरेको छ । साईपाल गाउपालिका खेलकुद समितिको अध्यक्षमा रन्ध्वज धामी, सदस्यमा फकिर बोहरा, गोरखनाथ बोहरा, झरना कुमारि बोरा र थलारा गाउपालिका खेलकुद समितिको अध्यक्षमा लोकेन्द्र चौहान, ...

शिक्षिका भट्टद्वारा जन्मदिनमा धनगढीको आमाको माया छात्रावासमा सहयोग 

समाचार
धनगढी - शिक्षिका सुमित्रा भट्टले आफ्नो जन्मदिनको अवसरमा धनगढीको आमाको माया छात्रावासलाई सहयोग गरेकी छिन् । छात्रावासमा धनगढीको अक्सफोर्ड सेकन्डरी स्कुलकी शिक्षिका सुमित्रा भट्टले छात्रावासमा रहेका छात्रहरुलाई कापीकलम र बिस्कुट सहयोग गरेकी हुन् । भट्ट कैलाली बहुमुखी क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत पनि छिन् । धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको उक्त आमाको माया छात्रवासमा हाल २५ जना छात्रहरु रहेका छन् ।...

प्रधानमन्त्री प्रचण्ड ४ माघमा युगाण्डा जाने

समाचार
काठमाडौं - असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहनेछन् । ५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एउटा सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् भने सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरुलाई युगाण्डाका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् ।  सम्मेलनका क्रममा प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सम्मेलनअघि मन्त्रीस्तरीय बैठक भएकाले परराष्ट्रमन्त्री साउद भने २ माघमै युगाण्डा जाने छन् । प्रधानमन्त्री ७...

मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू

समाचार
काठमाडौं - राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ ।  निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचारसंहिता जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन । आचारसंहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न समेत हुँदैन ।  केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन् । ...

दार्चुलामा एक पुरुष मृत फेला

समाचार
दार्चुला - दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज