Advertisement

Day: २०८० पुष २५, बुधबार २०:०१

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

समाचार
काठमाण्डाैं – जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो ।  यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो । २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएकाे भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच...

धनगढीमा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न 

समाचार
धनगढी - धनगढीमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बुधबार भीजीबल ईम्प्याक्टको आयोजनामा धनगढीको बी पोलीटेक्निकमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुरक्षित गर्भपतन सेवाको उद्देश्य, गर्भपतनको अधिकार सम्बन्धि छलफल, प्रजनन् स्वास्थ्यका  बारेमा जानकारी र असुरक्षित गर्भपतन सम्बन्धि केहि तथ्यहरु प्रस्तुत गरिएको थियोे । बुधबार भएको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि कार्यक्रम विभिन्न व्यक्तिको सहभागीतामा सम्पन्न भएको भिजिबल ईम्प्याक्ट सुदूरपश्चिम प्रदेश युथ च्याम्पियन मानसिंह बिष्टले बताए । कार्यक्रम समग्रमा राम्रो भएको र यसलाई अझै ग्रामिण क्षेत्रहरुमा आयोजना गर्दा अझै प्रभावकारी हुन सक्ने सहभागीहरु बताउँछन् । कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि विभिन्न नियम कानून भएता पनि व्यवहारमा लागू हुन नसकिरहेको...
लायन्स धनगढि नैनादेबि क्लब द्वारा दृष्टि फाउन्डेसन लाई दैनिक उपभोग्य खाध्यान सहयोग !  ।।।।।

लायन्स धनगढि नैनादेबि क्लब द्वारा दृष्टि फाउन्डेसन लाई दैनिक उपभोग्य खाध्यान सहयोग !  ।।।।।

समाचार
कैलालि , लायन्स धनगढि नैनादेबि क्लब द्वारा दृष्टि फाउन्डेसन लाई दैनिक उपभोग्य खाध्यान सामगृ बितरण  गरेको छ ।  अन्तराष्टिय सँस्था लायन्स का सस्थाँपक मेल्भिन जोन्स को १४५ औँ जन्मोत्सव को अवसर जनवरि ७-१३ मा बिस्वब्यापि रुप मा बिभिन्न , कार्यक्रम गर्दै आएका लायन्स नैनादेबि क्लब अध्धक्ष  दिपक नेपाल बताउनु भयो ।  कार्यक्रम मा बोल्दै  प्रमुख अतिथि Sr District Executive chief गोबिन्द्र अधिकारि र बिशिष्ट अतिथि District chief प्रेम बि सि  ले  हाम्रो सामाजिक उत्तदाईत्व अन्तर्गत आज सस्थाँपक को जन्म दिन को अवसर मा दैनिक उपभोग्य खाध्ध्यान सामगृ हरु को बितरण गरेको र र आगामि दिन हरु मा नि यस्तै सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो  उक्त कार्यक्रम मा बोल्दै दृष्टि फाउन्डेसन सदस्य चन्द्रा तिरुवा ले अहिले महिला पुरुष र बच्चा गरेर  ६२ जना लाई हामि ले हेरचाह गरि रहेका...

प्रदेश सभाका चार समितिका सभापतिद्वारा शपथग्रहण

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा माया पन्त रहेका छन् । निर्वाचित सभापतिमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी ) का प्रदेश सभा सदस्य हुन् । उनीहरुले मङ्गलबार सभापति पदमा मनोनयनगरेका थिए । नेकपा (माओवादी केन्द्र) ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी के...

आर्मीलाई हराउँदै पुलिस राष्ट्रिय भलिबलको फाइनलमा

समाचार
सुर्खेत - त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलनल प्रवेश गरेको छ । विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय क्लब एपीएफसँग खेल्नेछ । समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा आएको पुलिसले समूह बीको विजेताको रुपमा अपराजित रहँदै सेमिफाइनल आएको आर्मीलाई पराजित गरेको हो ।...

कैलारीमा माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिइने 

समाचार
धनगढी - कैलालीको कैलारी गाउँपालिकामा माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ । कैलारी गाउँपालिकाको पुस २० गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।  थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिकाको एक सूचनामा उल्लेख छ ।...

कैलालीमा एक लाख बढीका अवैध सामानसहित एक युवक पक्राउ 

समाचार
धनगढी - कैलालीमा एक लाख बढीका अवैध सामानसहित एक युवक पक्राउ परेका छन् ।  जिल्लाको कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी मंगलवार दिउँसो अवैध सामानसहित पक्राउ परेका हुन् । भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थानसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण

समाचार
धनगढी - काठमाडौंबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण गरिएको छ । धनगढीका लागि उडेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण गरिएको हो । खराब मौसमका कारण ती जहाजहरुको अवतरण सुर्खेतमा गरिएको हो । १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । मौसमी खराबीका कारण ती जहाजहरु धनगढीमा अवतरण हुन नसकेर उतै सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए ।...
अनेरास्ववियु सुदूरपश्चिमको अधिवेशन सुरु , अध्यक्षमा रोकाया र राई को दाबी

अनेरास्ववियु सुदूरपश्चिमको अधिवेशन सुरु , अध्यक्षमा रोकाया र राई को दाबी

समाचार
कैलाली । नेकपा एकालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु  सुदूरपश्चिम प्रदेश कमिटीको आजबाट पहिलो प्रदेश अधिवेशन सुरु भएको छ । आज धनगढीमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गर्ने प्रदेश संयोजक मनोज राईले जानकारी दिए।  अधिवेशनको उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य सहित अनेरास्ववियुका केन्द्रीय पदाधिकारी समेत धनगढी पुगिसेका छन् । सुदूरपश्चिम प्रदेशका करिब २५० जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।  आज र भोली जारी रहने अधिवेशनबाट प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ।  अध्यक्षमा दुई जना अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ । अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको ...

विश्व साइकल यात्रामा निस्किए कर्णालीका तीन युवा 

समाचार
धनगढी - कर्णाली प्रदेशका तीन युवा साईकलमार्फत विश्व भ्रमणमा निस्किएका छन्  ।  जसमा मुगुका एक जना अजय मल्ल रहेका छन् भने दैलेखका दुई जना केशव प्रसाद रिजाल र सनत प्रसाद रेग्मी रहेका छन् ।  उनीहरु नेपालको पर्यावरण संरक्षणको साथै  पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याई  नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ विश्व साईकल यात्रामा निस्किएका हुन् । काठमाडौंको पशुपतिनाथबाट साईकल यात्रा शुरू गरि भारत, पाकिस्तान, लावस, थाइल्याण्ड, भुटान, बंगलादेश, चिन, लगायतका देशहरूको भ्रमण गर्ने कार्यतालिका रहेको बताइएको छ ।...

सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिक...

बलात्कार मुद्दामा दोषी ठहर लामिछानेको सजाय आज तोकिँदै

समाचार
काठमाडौँ - बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ ।  काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्राेतले जनाएकाे हो ।  यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।  लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज