
धनगढी – कैलालीको कैलारी गाउँपालिकामा माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ ।
कैलारी गाउँपालिकाको पुस २० गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।
थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिकाको एक सूचनामा उल्लेख छ ।

