
सुर्खेत – त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलनल प्रवेश गरेको छ ।
विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय क्लब एपीएफसँग खेल्नेछ ।
समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा आएको पुलिसले समूह बीको विजेताको रुपमा अपराजित रहँदै सेमिफाइनल आएको आर्मीलाई पराजित गरेको हो ।