निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा
बझाङ- निर्माण सम्पन्न भएको दुई महिना नबित्दै चैनपुर–ताक्लाकोट सडक भासिन थालेपछि बझाङमा सडक निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। पक्की सडक भासिँदा जयपृथ्वी नगरपालिका–११ को रुइनाबगर र तलकोट गाउँपालिका–१ को सुनिकोटका ३० भन्दा बढी घर जोखिममा परेका छन्।
बझाङ सदरमुकाम चैनपुरबाट करिब ५ किलोमिटर उत्तरमा रहेको सडकको रुइनाबगरमा गाउँको माथिल्लो भागतर्फ करिब ४० मिटर र सुनिकोट बजारभन्दा तल करिब ३० मिटर सडक भासिएको छ। दुवै स्थानमा सडक करिब एक मिटर तल दबिएको र भासिने क्रम अझै नरोकिएको सडक कार्यालयले जनाएको छ।
सबैभन्दा गम्भीर प्रश्न भनेको—गत जेठमा मात्रै कालोपत्र सम्पन्न भएको सडक दुई महिनामै किन भासियो? करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडकले वर्षा थेग्न नसक्नुले निर्माणको गुणस्तर, डिजाइन र अनुगमनमाथि प्रश्न खडा गरेको छ।
सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वी...











