सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त
धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ थलारामा जन्मिएका डा. धामीलाई विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डीनको जिम्मेवारी दिएको हो।
क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्।
डा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरिसकेका उनले निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।...












