दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य
दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबाट सुरु गर्ने तयारी गरेको छ।
पठाओ, इनड्राइभ र उबरजस्तै प्रविधिमा आधारित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यसहित कम्पनीले दाङमा सेवा सुरु गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाएको जनाएको छ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिबी रावतका अनुसार दाङलाई कम्पनीको पहिलो सेवा क्षेत्र बनाइएको हो। आफ्नो जन्मभूमिबाटै नयाँ व्यवसायको सुरुवात गरी स्थानीय स्तरमा रोजगारी र यातायातको अवसर सिर्जना गर्ने उद्देश्य रहेको उनले बताए।
सुरुआती चरणमा घोराही, तुलसीपुर, लमही र भालुवाङ क्षेत्रमा सेवा उपलब्ध गराउने कम्पनीको योजना छ। यात्रुको आवश्यकता र स्थानीय अवस्थाअनुसार बाइक, अटो, कार र साइकलमार्फत राइड–सेयरिङ सेवा सञ्चालन गरिनेछ।
कम्पनीले सेवा सञ्चालनक...












