जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना
धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर बझाङ्गी सेवा समाज कैलाली र सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्था कैलालीको आयोजनामा रक्तदान कार्यक्रम गर्न लागिएको हो।
रक्तदान कार्यक्रम भदौ ७ गते बिहान १० बजे गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा शिक्षण अस्पतालमा आयोजना हुने जनाइएको छ।
‘रक्तदान जीवनदान, जीवन बचाऔँ महान् कार्यमा सहभागी बनौँ’ भन्ने मुलनारा सहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गर्न इच्छुक सबैलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। सहयोगी संस्थाको रुपमा कोहिनुर दोहोरी साँझ अत्तरिया कैलाली रहेको छ ।
राजा पृथ्वीबहादुर सिंह शिक्षा, पत्रकारिता, सामाजिक सुधार तथा मानवतावादी दर्शनका क्षेत्रमा महत्वपूर्ण ...












