अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरिएको छ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरासहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमार्फत पहिरोका कारण क्षतिग्रस्त पदमार्गलगायत स्थानीय संरचनाको पुनर्निर्माण गर्न तथा भविष्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।
गाउँपालिका अध्यक्ष बोहराका अनुसार मुख्यमन्त्री भट्टले प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले गर्न सक्ने आवश्यक सहयोग...












