डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन
डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, सिलगढीस्थित आफ्नै निवासमा सोमबार बिहान करिब ५ः३० बजे ९० वर्षको उमेरमा उनको निधन भएको हो।
उनका जेठा छोरा योगेश मल्लका अनुसार मल्लको एक्कासि निधन भएको हो।
स्वर्गीय मल्ललाई डोटेली पत्रकारिताको पहिलो पुस्ताका पत्रकारका रूपमा चिनिन्छ। उनले वि.सं. २०१६ सालमा सगरमाथा संवादका लागि डोटी समाचारदाताको रूपमा पत्रकारिता सुरु गरेका थिए। त्यसपछि वि.सं. २०१८ सालदेखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) का डोटी समाचारदाताका रूपमा लामो समय कार्यरत रहे।
पत्रकारितासँगै साहित्य, नाटक, संगीत र मूर्तिकलामा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। उनले जय दुर्गे, ध्रुव, सत्यदेव जयते, शैलेश्वरी महात्म्य, भरत मिलाप, अदृश्य हात, भविष्य बोल्छ वर्तमान, आमाको मन, भलाई, आमा, मिलाप...












