Advertisement

बझाङका वन पैदावारबाट १ करोड २२ लाख रुपैयाँभन्दा बढी राजस्व, यार्सागुम्बाबाट मात्रै ७५ लाख संकलन

Advertisement

बझाङ- बझाङका वनजंगलबाट संकलन गरिएका जडीबुटी तथा अन्य वन पैदावार निकासीबाट आर्थिक वर्ष २०८२/८३ मा १ करोड २२ लाख ३ हजार ५ सय ५ रुपैयाँ राजस्व संकलन भएको छ।
डिभिजन वन कार्यालय बझाङका अनुसार सबैभन्दा बढी यार्सागुम्बाबाट ७५ लाख १९ हजार ३ सय ६० रुपैयाँ राजस्व उठेको छ। ६०० किलो संकलन गर्ने लक्ष्य राखिए पनि यस वर्ष २४२ किलो मात्र यार्सागुम्बा निकासी भएको थियो। यार्सागुम्बाको निकासी दस्तुर प्रतिकिलो ३१ हजार रुपैयाँ तोकिएको छ।
यस्तै, झ्याउबाट २ लाख ५० हजार, रातो च्याउबाट २ लाख १८ हजार २ सय ५०, चुर्थो (दारुहल्दी) बाट २ लाख, सल्लो आँख्लाबाट २ लाख ५० हजार, सेतकचिनीबाट २ लाख ५० हजार तथा सिलाजितबाट १ लाख २२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
त्यसैगरी कटुकी, जटामसी, पाषाणभेद, बनसुडो, तेजपात, टिमुर, अमला, लोक्ता, कालादाना, विषफेज, चिराइतो, अल्लो, बनलसुन, जंगली मह, सिस्नु, गुच्ची च्याउलगायत गरी करिब २९ प्रजातिका वन पैदावार निकासी भएका छन्।
कार्यालय प्रमुख शम्भु प्रसाद तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलन घटेको छ। साथै, पाँचऔँले लगायत लोपोन्मुख अवस्थामा पुगेका केही बहुमूल्य जडीबुटीको संरक्षणका लागि संकलनमा रोक लगाइएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज