भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार
धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भएको छ।
नेपाल अर्गानिक घरको मुख्य प्रायोजनमा प्रतियोगिता आगामी साउन १६ र १७ गते मध्यपुर थिमीस्थित याल फुटसलमा आयोजना हुने आयोजकले जनाएको छ।
प्रतियोगिता साउन १६ गते बिहान ७ बजेदेखि सुरु हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश घर भई हाल काठमाडौं उपत्यकामा रहेका खेलाडी तथा फुटसल क्लबलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले २५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने टोलीका लागि ५ हजार ५५५ रुपैयाँ दर्ता शुल्क तोकिएको छ। टिम दर्ता तथा प्रतियोगितासम्बन्धी जानकारीका लागि संगम शाहीको ९८४३८६२५६२, स्वदेश ...










