Advertisement

Author: बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।
दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

समाचार
धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले करिब ९ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरेको छ। आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ थप उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो। भट्टको अवस्था गम्भीर रहेकाले लामो समय उपचार गर्नुपर्ने र उपचार खर्चसमेत ठूलो हुने भएपछि परिवार चिन्तित बनेको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि माया मेट्रो अस्पतालले मानवीय आधारमा उनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो। भट्टलाई १५ दिनसम्म भेन्टिलेटरमा राखिएको थियो भने २० दिन सघन उपचार कक्ष (आईसीयू) मा उपचार गरिएको थियो। त्यसपछि सामान्य शय्यामा राखेर उपचारलाई निरन्तरत...
निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

निर्माण सम्पन्न भएको दुई महिनामै भासियो चैनपुर-ताक्लाकोट सडक, ३० भन्दा बढी घर जोखिममा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- निर्माण सम्पन्न भएको दुई महिना नबित्दै चैनपुर–ताक्लाकोट सडक भासिन थालेपछि बझाङमा सडक निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। पक्की सडक भासिँदा जयपृथ्वी नगरपालिका–११ को रुइनाबगर र तलकोट गाउँपालिका–१ को सुनिकोटका ३० भन्दा बढी घर जोखिममा परेका छन्। बझाङ सदरमुकाम चैनपुरबाट करिब ५ किलोमिटर उत्तरमा रहेको सडकको रुइनाबगरमा गाउँको माथिल्लो भागतर्फ करिब ४० मिटर र सुनिकोट बजारभन्दा तल करिब ३० मिटर सडक भासिएको छ। दुवै स्थानमा सडक करिब एक मिटर तल दबिएको र भासिने क्रम अझै नरोकिएको सडक कार्यालयले जनाएको छ। सबैभन्दा गम्भीर प्रश्न भनेको—गत जेठमा मात्रै कालोपत्र सम्पन्न भएको सडक दुई महिनामै किन भासियो? करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडकले वर्षा थेग्न नसक्नुले निर्माणको गुणस्तर, डिजाइन र अनुगमनमाथि प्रश्न खडा गरेको छ। सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वी...
भविष्य बनाउने शिक्षककै भविष्य अन्योलमा

भविष्य बनाउने शिक्षककै भविष्य अन्योलमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कैलाली : नेपाल सरकारका स्थायी शिक्षक भुपेन्द्र रावलले आफ्नो स्थायी शिक्षक सेवाको १२ वर्ष पूरा भएको अवसरमा खुसीसँगै पेशागत पीडा पनि व्यक्त गरेका छन् । २०७१ साल भदौ १ गते शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको स्थायी शिक्षकका रूपमा सेवा प्रवेश गरेका रावलले १२ वर्षको शिक्षण यात्रामा हजारौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान गर्ने अवसर पाएको बताएका छन् । आफ्नो नियुक्तिको दिन नागपञ्चमी तथा सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के (गाबे त्यार)’ परेको स्मरण गर्दै उनले यही दिनबाट सुरु भएको आफ्नो शिक्षण यात्रा १२ वर्ष पूरा भएको उल्लेख गरेका छन् । १२ वर्षको सेवा अवधिमा विद्यार्थीको सफलता र असफलतासँग जोडिँदै विद्यालयका समस्यालाई आफ्नै समस्या ठानेर जिम्मेवारी निर्वाह गरेको रावलको भनाइ छ तर, लामो सेवा अवधिमा समेत एक तह पनि बढुवा हुन नसकेको विषयले आफूलाई गहिरो पीडा दिएको उनले बताएका छन् । ‘श...
बझाङमा प्रहरीका पीडा: आफ्नै भवन नहुँदा टहरा र भाडाका घरबाट सेवा

बझाङमा प्रहरीका पीडा: आफ्नै भवन नहुँदा टहरा र भाडाका घरबाट सेवा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: राज्यको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी नै बझाङमा सुरक्षित र व्यवस्थित कार्यस्थलको अभावमा सेवा दिन बाध्य भएको छ । सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा प्रहरी संगठनका आफ्नै भवन पर्याप्त नहुँदा अधिकांश प्रहरी कार्यालय भाडाका घर, जीर्ण संरचना तथा अन्य सरकारी कार्यालयमा सञ्चालन भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मातहत रहेका ३२ प्रहरी इकाइमध्ये १९ वटा प्रहरी कार्यालय तथा अस्थायी प्रहरी पोस्ट अझै पनि आफ्नै भवनविहीन छन् । तीमध्ये धेरैजसो कच्ची तथा जीर्ण भवन, जस्तापाताले छाएका टहरा वा भाडाका घरबाट सञ्चालन भइरहेका छन् । भवन अभावमा सञ्चालन भइरहेका इकाइमा इलाका प्रहरी कार्यालय दुर्गाथली, प्रहरी चौकी लासी, विमानस्थल सुरक्षा गार्ड, प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्ड, अस्थायी प्रहरी पोस्ट बागथला, केदारस्युँ गाउँपालिका झोता, बुङ्गल बिजगडा, बुङ्गल ११ प...
प्रधानमन्त्री बालेनको निर्देशनले बढायो सरकारी खर्च, प्रतिस्पर्धात्मक मिडियाको अस्तित्व संकटमा

प्रधानमन्त्री बालेनको निर्देशनले बढायो सरकारी खर्च, प्रतिस्पर्धात्मक मिडियाको अस्तित्व संकटमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
कैलाली : सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धात्मक र लागत प्रभावकारी बनाउने उद्देश्यसहित लागू गरिएको ऐन कानुन माथी नै यतिबेला प्रश्न उठिरहेका छन । सरकारी निकायहरूबाट प्रकाशित हुने सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू सीमित माध्यममा केन्द्रित गर्दै राज्यको खर्च उल्लेखनीय रूपमा बढेको देखिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ र त्यसको नियमावलीले स्पष्ट रूपमा बोलपत्र आह्वानसम्बन्धी सूचना राष्ट्रियस्तरका क वर्गका दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक खरिद ऐन मा क वर्गको राष्ट्रिय दैनिक भनेपछि त्यसमा सरकारि र गैरसरकारी दुइटै पत्रीकाहरु समावेश हुन्छन् । तर भर्खरै गठन भएको नयाँ सरकारले भने सरकारी निकायका सूचना केवल सरकारी स्वामित्वको गोरखापत्र संस्थान मार्फत मात्र प्रकाशित गर्न लिखित निर्देशन दिइएको छ । यसले कानुनको मूल मर्ममाथि प्रत्यक्ष प्रश्न उठाउँछ । केही वर्षअघिसम्म...
बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः बझाङको बुंगल नगरपालिका आज असाधारण राजनीतिक माहोलले तातेको छ । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बुंगलमा प्रबेस गरि दहबगरबाट घरदैलो अभियान सुरु गर्न पुगेसँगै स्थानीय बासिन्दाको उत्साह देखेर समर्थकहरू नै चकित परे । बिहानैदेखि सडक, गल्ली र चौतारीहरूमा जम्मा भएको भीडले बुंगलमा चुनावी तापमान कति माथि पुगेको छ भन्ने संकेत दिएको छ । दहबगरबाट सुरु गरिएको घरदैलो अभियान सामान्य कार्यक्रम जस्तो देखिएन । स्थानीय युवा, महिला, ज्येष्ठ नागरिकदेखि पहिलो पटक मतदान गर्ने मतदातासम्मको बाक्लो उपस्थिति थियो । धेरैले हात मिलाउँदै, फूलमाला लगाउँदै र नाराबाजी गर्दै स्वागत गरेका दृश्यहरूले बुंगलमा महरप्रतिको समर्थन खुलेर देखिएको समर्थकहरूको दाबी छ । कतिपय स्थानमा त घरदैलो टोली अघि बढ्नै नसक्ने गरी भीड जम्मा भएको बताइएको छ । २०७९ सालको निर्वाचनमा झिनो ९९८ मतान्...
बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बझाङको राजनीतिक माहोल नयाँ मोडमा देखिन थालेको छ। वर्षौँदेखि एउटै राजनीतिक ध्रुवमा घुमिरहेको जिल्लाको मतदातामा यसपटक परिवर्तनको चाहना स्पष्ट देखिन्छ । विशेषगरी पुराना दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै केही मतदाता नयाँ शक्तितर्फ आकर्षित भइरहेको विश्लेषण गरिएको छ । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शैलेस सिंह यतिबेला चर्चाको केन्द्रमा छन् । सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा आफ्ना धारणा राख्दै आएका सिंहले आफू सामान्य परिवारबाट संघर्ष गर्दै व्यवसाय क्षेत्रमा स्थापित भएको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको र शिक्षासँगै विभिन्न क्षेत्रमा लगानी गरी युवालाई रोजगारी सिर्जना गरेको दाबी गर्दै आएका छन् । सिंहले आफ्नो शिक्षण संस्था र व्यवसायमार्फत सयौँलाई रोजगारी दिएको तथा जेहेन्दार विद्यार्...
२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । राजनीतिक दलहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् भने जनतामा पनि यसपटकको निर्वाचनप्रति असाधारण चासो देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘पुराना शक्ति बनाम नयाँ विकल्प’ को रूपमा हेरिएको छ । यही राष्ट्रिय माहोलबीच सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बझाङमा पनि चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दो छ । भौगोलिक रूपमा दुर्गम, विकासका हिसाबले पछाडि पारिएको र राजनीतिक चेतनाका हिसाबले भने सधैं सचेत मानिने बझाङमा यसपटकको प्रतिस्पर्धा निकै रोचक र अर्थपूर्ण देखिएको छ । मतदाताको मनोविज्ञान बुझ्न २०७९ सालको निर्वाचन परिणामलाई फर्केर हेर्नैपर्ने हुन्छ । २०७९ सालमा बझाङमा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ६२ हजार १ सय २ मत अर्थात ५०.७५ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ५...

धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव २०८२ आज समापन हुँदै

समाचार
 २०८२ पुष ६, आईतवार १२:१८ धनगढी: धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ आज आईतबार औपचारिक रूपमा समापन गरिँदैछ। मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव सुरुमा पुष २ गतेसम्म आयोजना गर्ने योजना रहे पनि दर्शकको उल्लेखनीय सहभागिता, बढ्दो चाप र सरोकारवालाहरूको मागलाई मध्यनजर गर्दै आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि ४ दिन थप गरेको थियो। आयोजकले थपिएको अवधि पूरा भएपछि आज महोत्सव समापन गर्ने जानकारी दिएको छ। संघका महासचिव दिनेश लम्सालका अनुसार आज दिउँसो २ बजे समापन कार्यक्रम तय गरिएको छ। उनले महोत्सवको अन्तिम दिन भएकाले दिउँसो २ बजेसम्म विभिन्न सांस्कृतिक प्रस्तुति रहने पनि बताए। २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९औँ संस्करण हो।...

सुदूरपश्चिम महोत्सव: कला–संस्कृतिको उत्सवले भरियो धनगढी

समाचार
२०८२ मंसिर २६, शुक्रबार ०७:२१ सुदूरपश्चिम महोत्सव पछिल्ला वर्षहरूमा धनगढीमा नियमित रूपमा आयोजना हुँदै आएको एक महत्वपूर्ण सांस्कृतिक एवं व्यापारिक पर्व बनेको छ। तर यो महोत्सव मनोरञ्जन र व्यापारमा मात्रै सीमित नभई क्षेत्रीयदेखि राष्ट्रिय स्तरका नयाँ प्रतिभा पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भइसकेको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित यस महोत्सवमा कला–साहित्य, लोक–संस्कृति, आधुनिक नृत्य, नाटक र विविध सांगीतिक प्रस्तुतीमार्फत सुदूरपश्चिमको सांस्कृतिक जीवन्तता झनै बढेको छ। स्थानीय कलाकारहरूले हजारौँ दर्शकसमक्ष आफ्नो कला देखाउने सुनौलो अवसर पाउँदै आएका छन्। विद्यालयस्तरीय नृत्य प्रतियोगिता महोत्सवको मुख्य आकर्षणका रूपमा रहँदै आएको छ। भिन्न–भिन्न समुदायको भेषभूषा र सांस्कृतिक पहिरनमा प्रस्तुत नृत्यहरूले वातावरण झनै रौनकिलो बनाउँदै आएक...

सुदूरपश्चिम महोत्सवमा आज आउँदैछन यी कलाकार

समाचार
 शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित 6Shares धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजना यही मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव धनगढीमा जारी छ । महोत्सवको छैटौं दिन आज (शनिबार) राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति रहनेछ । महोत्सवमा आज लोकप्रिय गायक प्रकास सपुत,शान्तिश्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल, बिष्णु भट्टलगायतका कलाकारको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दले जानकारी दिए । स्थानीय उत्पादन,पर्यटन,संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुले अवलोकन गर्ने गरेका छन ।...

सुदूरपश्चिम महोत्सवमा आज पल शाह आउँदै

समाचार
सुदूरपश्चिम महोत्सवमा आज पल शाह आउँदै  प्रकाशित मितिः २०८२ पुष १, मंगलवार ०८:१९ धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी १९ औं सुदूरपश्चिम महोत्सवले नवौँ दिनमा प्रवेश गर्दै दर्शकको उत्साह अझ बढाएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेबाट सुरु भएको महोत्सवमा सुरुवाती दिनदेखि नै दैनिक रूपमा दर्शनार्थीको उल्लेख्य भीड देखिएको छ। नवौँ दिन मङ्गलवार विशेष सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जन कार्यक्रम आयोजना गरिएको छ। महोत्सवमा आज चर्चित अभिनेता पल शाह, लोकप्रिय गायिका विपना थापा, रेखा जोशी, गायक सुनिल नेपाली तथा हास्य कलाकार निसान परियारलगायतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापारिक स्टल तथा मनोरञ्जनात्मक गतिविधिले महोत्सवलाई थप आकर्षक बनाएको छ। कलाकारहरूको प्रस्तुतिस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज