Advertisement

डडेल्धुरा

डडेल्धुरामा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

डडेल्धुरामा बोलेरो जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ३ जना घाइते

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७ खस्र्याखानमा सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन्। दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीय सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्...
छ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ

छ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेलधुराको परशुराम नगरपालिका- ११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढै छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भूभागमा रहेको यस गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्। करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँसम्म अहिले पनि मोटरबाटो पुगेको छैन। स्थानीयहरू झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा पैदल हिँड्न बाध्य छन्। वर्षायाममा पहिरो, हिलो र बाढीका कारण यात्रा अझ जोखिमपूर्ण बन्ने गरेको छ। गाउँमा कोही बिरामी परे एम्बुलेन्स पुग्ने अवस्था छैन। बिरामीलाई डोको वा पिठ्युँमा बोकेर छ घण्टासम्म पैदल हिँडेर झलारी वा अन्य स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ। गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय भएकाले माध्यमिक शिक्षा अध्य...
डडेल्धुरामा जातीय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरामा जातीय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुराबाट जातीय विभेद तथा भेदभाव मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार २ महिना १४ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका भागेश्वर गाउँपालिका–४ का ४२ वर्षीय लालसिंह भाट बुधबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले भाटलाई उनकै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।...
डडेल्धुरामा एक पुरुष मृत फेला

डडेल्धुरामा एक पुरुष मृत फेला

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–२ बगालसैनका ५७ वर्षीय तेजबहादुर विष्ट शनिबार मृत अवस्थामा फेला परेका हुन् । विष्ट सोही वडाको पनाल खेतमा मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।...
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

Breaking News 1, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने बिरुडा भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। पर्वअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि भाँडाभित्र बिरुडा राखी देवी गौरीलाई अर्पण गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिने चलन छ। गौरा पर्व पुत्रदा एकादशीपछि भदौ महिनाको बिरुडा पञ्चमीका दिनदेखि सुरु हुन्छ। यसअघि एक महिना शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउँदा गाउँघरमा मंगल गीत गाउँने र सगुन बाँड्ने प्रथा छ। यस पर्वमा पुरुषको व्रतबन्ध जस्तै महिलाले दुवधागो (रक्षासूत्र) बाँध्ने गर्छन्। साथै, महिलाले व्रत बसेर गौरीलाई पूजाआर्चना गरी दीर्घायु, परिवार सुख–शान्ति र स...
शिक्षा क्षेत्रमा बोहराको योगदान, डडेल्धुरा क्याम्पसमा अक्षय कोष स्थापना

शिक्षा क्षेत्रमा बोहराको योगदान, डडेल्धुरा क्याम्पसमा अक्षय कोष स्थापना

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- शिक्षाको ज्योति फैलाउन निरन्तर सक्रिय रहेका एफबी एजुकेशनल इन्स्टिच्युट प्रा.लि. डडेल्धुराका सञ्चालक तथा समाजसेवी मदन बहादुर बोहरा (एमबी) ले डडेल्धुरा बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना गरेका छन्। बोहराले क्याम्पस प्रमुख लालबहादुर बुढालाई नगद १० हजार ५५ रुपैयाँ हस्तान्तरण गर्दै औपचारिक रूपमा कोषको सुरुवात गरेका हुन्। अक्षय कोषलाई ऐतिहासिक कदमको संज्ञा दिंदै क्याम्पस प्रमुख बुढाले भने, “बोहराजीको यो योगदानले विद्यार्थीहरू मात्र नभई सम्पूर्ण शैक्षिक परिवारलाई प्रेरणा दिनेछ। यसले अन्य सामाजिक अगुवाहरूलाई पनि शिक्षामा योगदान गर्न उत्प्रेरित गर्ने विश्वास लिएको छु।” २०७८ चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा झिनो मतान्तरले पराजित भएपनि शिक्षा र सामाजिक सेवाप्रतिको बोहराको निरन्तर प्रतिबद्धता यस अक्षय कोषमार्फत पुनः प्रमाणित भएको क्याम्पस प्रमुख बुढाले बताए। उनका अनुसार, आवश्यक क...
उग्रतारा मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरसफाइ

उग्रतारा मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरसफाइ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिर परिसरमा सरसफाइ गरिएको छ। युवा अगुवाहरूको पहलमा आयोजित कार्यक्रममा स्थानीय वासिन्दा, समाजसेवी, युवाहरू र भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियोे । सहभागीहरूले मन्दिर वरपरको फोहर हटाउने, प्लास्टिक संकलन गर्ने र वातावरण स्वच्छ राख्ने काम गरेका हुन् । कार्यक्रमका क्रममा युवा अगुवा तारा भट्टले मन्दिरलाई आस्था र सम्पदाको धरोहर भन्दै यसलाई सफा राख्नु सबैको जिम्मेवारी भएको बताए। उनले सुरु भएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। सरोकारवालाले धार्मिक स्थल मात्र नभई सार्वजनिक स्थलहरूलाई पनि सफा राख्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले “जय माता उग्रतारा” उद्घोष गर्दै वातावरण संरक्षण र धार्मिक स्थलको महत्त्व जोगाउन सबैलाई आह्वान गरे।...
डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
डडेल्धुरा- डडेल्धुरा अस्पतालले विश्व स्तनपान सप्ताह विविध कार्यक्रमहरूसहित सुरु गरेको छ। स्तनपान अमृत समान भन्ने नारासहित आज अस्पतालले उक्त कार्यक्रमको सुरुवात गरेको हो । आज अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा स्तनपान सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको हो । सप्ताहको पहिलो दिनमै अस्पताल परिसर सांगीतिक गीत, जनचेतनामूलक नाटक, र स्वास्थ्य शिक्षामूलक सन्देशहरूले गुञ्जायमान बन्यो। नर्सिङ अधिकृत नाओमी बुढाका अनुसार, स्तनपानका फाइदा, आमाको दूधको महत्व, र स्तनपानलाई बच्चाको पहिलो खोपको रूपमा प्रस्तुत गर्दै सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको प्रमुख आकर्षण “बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान सुरु गरौं” भन्ने सन्देशमा आधारित नाटक रह्यो, जसले दर्शकहरूलाई स्तनपानको तत्काल सुरुवातको महत्वबारे सचेत गरायो। त्यसपछि प्रस्तुत गरिएका लोकगीत तथा ...
अमरगढीमा बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

अमरगढीमा बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती भव्य रूपमा सम्पन्न

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा- राष्ट्रिय वीर पुरुष बडाकाजी अमरसिंह थापाको २१० औं जन्मजयन्ती डडेल्धुराको ऐतिहासिक अमरगढी किल्लामा भव्य रूपमा सम्पन्न भएको छ। वीरता र देशभक्तिको प्रतीकस्वरूप अमरसिंह थापाको योगदानलाई स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो। किल्ला संरक्षण समिति, नेपाली सेनाको अर्जण बाण गण, र अमरगढी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गैतम, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, स्थानीय नागरिक तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैतमले भने, “बडाकाजी अमरसिंह थापाजस्ता वीर योद्धाहरूको योगदानको सम्मान गर्नु हाम्रो दायित्व हो। अमरगढी किल्ला केवल भवन होइन, यो हाम्रो स्वाभिमान र अस्तित्वको प्रतीक हो।” किल्ला संरक्षण समितिका अध्यक्ष प्रविन जैरुले भावी पुस्तामा राष्ट्रियता, स...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले मनायो खिर खाने दिवस

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले मनायो खिर खाने दिवस

Breaking News 3, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेलधुरा- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, डडेलधुरा शाखाले नेपाली परम्पराअनुसार साउन १५ गते ‘खिर खाने दिवस’मनाएको छ। शाखा प्रमुख सिद्धराज फुलाराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा २० देखि ३० जना सक्रिय अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबीच आपसी चिनजान, अनुभव आदान–प्रदान तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी छलफल गरिएको थियो। कार्यक्रममा अभिकर्ता खेम बिष्टले बोल्दै शाखाको सक्रियता, अभिकर्ताप्रति देखाइएको सम्मान तथा यस्ता प्रेरणादायी कार्यक्रमहरूको सराहना गर्दै धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई कदरपत्रसहित सम्मानसमेत गरिएको छ। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराएको सहभागीहरूको भनाइ छ। शाखा प्रमुख फुलाराले सम्बोधन गर्दै अभिकर्ताहरूको मेहनत र समर्पणप्रति प्रशंसा व्यक्त गरेका थिए। “यस्ता कार्यक...
डडेल्धुरामा विषालु च्याउ खाँदा वृद्धको मृत्यु

डडेल्धुरामा विषालु च्याउ खाँदा वृद्धको मृत्यु

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेलधुरा- डडेल्धुराको आलिताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ। साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएपछि उनी बिरामी परेका थिए। तर उनलाई दुई दिनपछि मात्र अस्पताल पुर्‍याइएको आफन्तहरूले जनाएका छन्। शरीरमा विष फैलिँदै गएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो। आईसियुमा राखेर उपचार प्रयास गरिएको भए पनि अवस्था सुधार नहुँदा मंगलवार साँझ उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले जानकारी दिए।...
अभियान्ता तमोलीद्वारा सरकारलाई चेतावनी — प्रभा सेवा पुनः सुरु गर

अभियान्ता तमोलीद्वारा सरकारलाई चेतावनी — प्रभा सेवा पुनः सुरु गर

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा — डडेल्धुरा अस्पतालबाट हालै हटाइएको प्रभा सेवा बिन्दु पुनः सञ्चालन गर्नुपर्ने माग तीव्र रूपमा उठिरहेको छ। यो सेवा केन्द्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका अत्यावश्यक सेवाहरू प्रदान गर्ने महत्त्वपूर्ण संरचना हो जसले डडेल्धुरासहित सुदूरपश्चिमका हजारौं सेवाग्राहीलाई राहत दिएको थियो। सेवा बन्द भएपछि विशेषतः ग्रामीण क्षेत्र, विपन्न वर्ग तथा महिला, वृद्ध र दीर्घरोगीहरू प्रत्यक्ष मारमा परेका छन्। “यस्ता सेवाहरू हटाइनुले नागरिकमाथि दोहोरो अन्याय हो,” नागरिकहरू भन्छन्। अमरगढी नगरपालिका–१ निवासी युवा अभियानता सुरत तमोली भन्छन् — "डडेल्धुराको जनतालाई सेवा चाहिएको हो, सास्ती होइन। प्रभा सेवा बिन्दु तुरुन्त सञ्चालन गर! नत्र आन्दोलन अवश्य हुन्छ।" उहाँको भनाइमा यो समस्या कुनै कार्यालयको लापरवाही मात्र होइन, सरकारको बेवास्ताको परिणाम पनि हो। सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई ‘नाग...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज