Advertisement

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

Advertisement

बैतडी- २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब ९ महिना बाँकी छँदैछ । तर गाउँघर समेत आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लिएर राजनीतिक चर्चा सुरु हुन थालेको छ।
बैतडीको पुर्चौडी नगरपालिका- ५ मा पनि आगामी निर्वाचनलाई लक्षित गर्दै सम्भावित उम्मेदवारबारे स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिन थालेको छ। यही चर्चाबीच युवा नेता दीपक पन्तको नाम वडा अध्यक्ष पदका लागि सम्भावित उम्मेदवारका रूपमा अगाडि आउन थालेको छ।
पन्त लामो समयदेखि नेकपा एमालेमा आबद्ध भएर सक्रिय राजनीतिमा रहँदै आएका युवा नेता हुन्। एमालेका विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले स्थानीय विकास, सामाजिक सरोकार र युवाको राजनीतिक सहभागिताका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइन्छ।
पार्टीभित्र रहेर काम गर्दा पनि आफूलाई चित्त नबुझेका विषयमा फरक मत राख्न सक्ने र स्थानीय जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्ने युवाका रूपमा पन्तलाई उनका निकटस्थहरूले चित्रण गर्ने गरेका छन्।
स्थानीयस्तरमा नयाँ पुस्ताको नेतृत्वप्रति चासो बढिरहेका बेला पन्तको सम्भावित उम्मेदवारीलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी युवाको सहभागिता, स्थानीय विकासका सवाल र नेतृत्वमा नयाँ अनुहारको बहस चलिरहेका बेला पन्तको नाम चर्चामा आउनुलाई कतिपयले परिवर्तनको संकेतका रूपमा समेत लिन थालेका छन्।
तर आगामी निर्वाचनमा पन्त नेकपा एमालेबाटै चुनावी मैदानमा उत्रिन्छन् वा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्छन्? भन्ने विषय भने अहिले नै टुंगो लागिसकेको छैन।
पन्तनिकट एक विश्वासपात्रका अनुसार एमालेबाट उम्मेदवारी दिने तथा स्वतन्त्र रूपमा चुनावी मैदानमा जाने दुवै विकल्पबारे छलफल भइरहेको छ। यद्यपि, पन्तले हालसम्म आफ्नो राजनीतिक निर्णयबारे कुनै औपचारिक घोषणा भने गरेका छैनन्।
उनि एमालेबाट उम्मेदवार बने भने पार्टीको संगठनात्मक आधार र आफ्नो व्यक्तिगत राजनीतिक सक्रियतालाई जोडेर चुनावी प्रतिस्पर्धामा जाने सम्भावना देखिन्छ। अर्कोतर्फ, स्वतन्त्र उम्मेदवारी रोजेको अवस्थामा भने पार्टीगत राजनीतिभन्दा बाहिर रहेर व्यक्तिगत लोकप्रियता, युवा मतदाता र स्थानीय मुद्दालाई केन्द्रमा राख्ने चुनौती उनका अगाडि हुनेछ।
त्यसैले अहिले पुर्चौडी-५ को राजनीतिक वृत्तमा सबैभन्दा बढी चासोको विषय बनेको छ , दीपक पन्त एमालेबाट मैदानमा उत्रिन्छन् कि स्वतन्त्र उम्मेदवारका रूपमा ?
यसको जवाफ भने पन्तको औपचारिक निर्णयसँगै स्पष्ट हुनेछ। निर्वाचन आउन अझै समय बाँकी रहेकाले आगामी दिनमा राजनीतिक समीकरण, पार्टीभित्रको छलफल र स्थानीय जनमतले सम्भावित उम्मेदवारीको स्वरूप निर्धारण गर्ने देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज