Advertisement

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

Advertisement

बैतडी- २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब ९ महिना बाँकी छँदैछ । तर गाउँघर समेत आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लिएर राजनीतिक चर्चा सुरु हुन थालेको छ।
बैतडीको पुर्चौडी नगरपालिका- ५ मा पनि आगामी निर्वाचनलाई लक्षित गर्दै सम्भावित उम्मेदवारबारे स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिन थालेको छ। यही चर्चाबीच युवा नेता दीपक पन्तको नाम वडा अध्यक्ष पदका लागि सम्भावित उम्मेदवारका रूपमा अगाडि आउन थालेको छ।
पन्त लामो समयदेखि नेकपा एमालेमा आबद्ध भएर सक्रिय राजनीतिमा रहँदै आएका युवा नेता हुन्। एमालेका विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले स्थानीय विकास, सामाजिक सरोकार र युवाको राजनीतिक सहभागिताका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइन्छ।
पार्टीभित्र रहेर काम गर्दा पनि आफूलाई चित्त नबुझेका विषयमा फरक मत राख्न सक्ने र स्थानीय जनताको हितलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्ने युवाका रूपमा पन्तलाई उनका निकटस्थहरूले चित्रण गर्ने गरेका छन्।
स्थानीयस्तरमा नयाँ पुस्ताको नेतृत्वप्रति चासो बढिरहेका बेला पन्तको सम्भावित उम्मेदवारीलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी युवाको सहभागिता, स्थानीय विकासका सवाल र नेतृत्वमा नयाँ अनुहारको बहस चलिरहेका बेला पन्तको नाम चर्चामा आउनुलाई कतिपयले परिवर्तनको संकेतका रूपमा समेत लिन थालेका छन्।
तर आगामी निर्वाचनमा पन्त नेकपा एमालेबाटै चुनावी मैदानमा उत्रिन्छन् वा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्छन्? भन्ने विषय भने अहिले नै टुंगो लागिसकेको छैन।
पन्तनिकट एक विश्वासपात्रका अनुसार एमालेबाट उम्मेदवारी दिने तथा स्वतन्त्र रूपमा चुनावी मैदानमा जाने दुवै विकल्पबारे छलफल भइरहेको छ। यद्यपि, पन्तले हालसम्म आफ्नो राजनीतिक निर्णयबारे कुनै औपचारिक घोषणा भने गरेका छैनन्।
उनि एमालेबाट उम्मेदवार बने भने पार्टीको संगठनात्मक आधार र आफ्नो व्यक्तिगत राजनीतिक सक्रियतालाई जोडेर चुनावी प्रतिस्पर्धामा जाने सम्भावना देखिन्छ। अर्कोतर्फ, स्वतन्त्र उम्मेदवारी रोजेको अवस्थामा भने पार्टीगत राजनीतिभन्दा बाहिर रहेर व्यक्तिगत लोकप्रियता, युवा मतदाता र स्थानीय मुद्दालाई केन्द्रमा राख्ने चुनौती उनका अगाडि हुनेछ।
त्यसैले अहिले पुर्चौडी-५ को राजनीतिक वृत्तमा सबैभन्दा बढी चासोको विषय बनेको छ , दीपक पन्त एमालेबाट मैदानमा उत्रिन्छन् कि स्वतन्त्र उम्मेदवारका रूपमा ?
यसको जवाफ भने पन्तको औपचारिक निर्णयसँगै स्पष्ट हुनेछ। निर्वाचन आउन अझै समय बाँकी रहेकाले आगामी दिनमा राजनीतिक समीकरण, पार्टीभित्रको छलफल र स्थानीय जनमतले सम्भावित उम्मेदवारीको स्वरूप निर्धारण गर्ने देखिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज