दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता
बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिएका छन् । ३५ वर्षको उमेरमै विद्यार्थी राजनीतिदेखि पार्टी संगठन, जनप्रतिनिधि र जिल्ला कमिटीसम्मको अनुभव हासिल गरेका उनी राजनीतिक अनुभव, समन्वयकारी क्षमता र स्वच्छ छविका कारण चर्चामा छन् ।
जोशीको राजनीतिक यात्रा २०६३ सालमा चौधारी माध्यमिक विद्यालय इकाइ कमिटी अध्यक्षबाट सुरु भएको हो । सानै उमेरदेखि राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका उनले विभिन्न समयमा पार्टीका संगठनात्मक जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन् । २०६६ सालमा मौलाली गाउँ विकास समिति उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०६८ सालमा ७ नम्बर इलाका कमिटी सचिव बने । त्यसपछि २०७१ सालमा २ नम्बर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरे । विद्यार्थी राजनी...











