Advertisement

विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

Advertisement

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको छ । गौरीगंगा नगरपालिका-९ स्थित बनखेतमा रहेको जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको हो ।
विद्यालयको प्रशासनिक तथा पठनपाठन गतिविधिको नेतृत्व र नियमित निगरानी गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानाध्यापक भट्टराई हाल सञ्चालन भइरहेको ब्याचुलर प्रथम वर्षको परीक्षामा गार्ड तथा सहजीकरणका लागि विद्यालयबाहिर गएको स्रोतको दाबी छ।
भट्टराई खप्तड बहुमुखी क्याम्पसमा भइरहेको ब्याचुलर तहको परीक्षामा सहभागी भएको बताइएको छ। विद्यालयको नियमित जिम्मेवारी सम्हाल्नुपर्ने समयमा प्रधानाध्यापक नै अन्यत्र गएर परीक्षा ड्युटीमा खटिएपछि विद्यालयको प्रशासनिक काम र पठनपाठनको निगरानी कसले गरिरहेको छ भन्ने प्रश्न उठेको छ।
प्रधानाध्यापक विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्ने प्रमुख व्यक्ति हुन्। शिक्षक तथा विद्यार्थीको नियमित गतिविधिको अनुगमनदेखि विद्यालयको समग्र व्यवस्थापनसम्म उनको महत्वपूर्ण भूमिका हुन्छ।
त्यसैले आफ्नो मूल जिम्मेवारी छाडेर अन्यत्र परीक्षा ड्युटीमा जानुपर्ने अवस्था किन आयो? त्यसका लागि सम्बन्धित निकायबाट अनुमति लिइएको थियो कि थिएन? र परीक्षा ड्युटीबाट प्राप्त हुने भत्ताका लागि विद्यालयको जिम्मेवारी प्रभावित भएको हो कि होइन भन्ने लगायतका प्रश्न खडा भएका छन् ।

विद्यालयको जिम्मेवारीभन्दा अतिरिक्त भत्ता महत्वपूर्ण भएको हो कि भन्ने प्रश्नसमेत स्थानीयस्तरमा उठ्न थालेको छ। यद्यपि, प्रधानाध्यापक भट्टराईको भनाइ र सम्बन्धित विद्यालय तथा नगरपालिकाको आधिकारिक धारणा सार्वजनिक भएपछि मात्रै यस विषयमा थप स्पष्टता आउनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज