Advertisement

विद्यालयको जिम्मेवारी छाडेर भत्ताको पछि प्रधानाध्यापक ? कैलालीमा उठ्यो गम्भीर प्रश्न

Advertisement

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको छ । गौरीगंगा नगरपालिका-९ स्थित बनखेतमा रहेको जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईलाई आफ्नो विद्यालय भन्दा भत्ता प्यारो भएको पाइएको हो ।
विद्यालयको प्रशासनिक तथा पठनपाठन गतिविधिको नेतृत्व र नियमित निगरानी गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानाध्यापक भट्टराई हाल सञ्चालन भइरहेको ब्याचुलर प्रथम वर्षको परीक्षामा गार्ड तथा सहजीकरणका लागि विद्यालयबाहिर गएको स्रोतको दाबी छ।
भट्टराई खप्तड बहुमुखी क्याम्पसमा भइरहेको ब्याचुलर तहको परीक्षामा सहभागी भएको बताइएको छ। विद्यालयको नियमित जिम्मेवारी सम्हाल्नुपर्ने समयमा प्रधानाध्यापक नै अन्यत्र गएर परीक्षा ड्युटीमा खटिएपछि विद्यालयको प्रशासनिक काम र पठनपाठनको निगरानी कसले गरिरहेको छ भन्ने प्रश्न उठेको छ।
प्रधानाध्यापक विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्ने प्रमुख व्यक्ति हुन्। शिक्षक तथा विद्यार्थीको नियमित गतिविधिको अनुगमनदेखि विद्यालयको समग्र व्यवस्थापनसम्म उनको महत्वपूर्ण भूमिका हुन्छ।
त्यसैले आफ्नो मूल जिम्मेवारी छाडेर अन्यत्र परीक्षा ड्युटीमा जानुपर्ने अवस्था किन आयो? त्यसका लागि सम्बन्धित निकायबाट अनुमति लिइएको थियो कि थिएन? र परीक्षा ड्युटीबाट प्राप्त हुने भत्ताका लागि विद्यालयको जिम्मेवारी प्रभावित भएको हो कि होइन भन्ने लगायतका प्रश्न खडा भएका छन् ।

विद्यालयको जिम्मेवारीभन्दा अतिरिक्त भत्ता महत्वपूर्ण भएको हो कि भन्ने प्रश्नसमेत स्थानीयस्तरमा उठ्न थालेको छ। यद्यपि, प्रधानाध्यापक भट्टराईको भनाइ र सम्बन्धित विद्यालय तथा नगरपालिकाको आधिकारिक धारणा सार्वजनिक भएपछि मात्रै यस विषयमा थप स्पष्टता आउनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज