Advertisement

कन्चनपुर

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित भएपछि थारू नदीमा बेपत्ता भएका थिए। बुधवार भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो। नदीको बहाव कम भएपछि दुर्घटनास्थलबाट करिब ५० मिटर तल शव भेटिएको थियो। गोताखोर टोली र नेपाली सेनाले शव निकालेका हुन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का थारू बेपत्ता हुनुभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। यस्तै, बेलडाँडीका तीन जना भने मोबाइल सम्पर्कमा आएका छन्। उनीहरूसँग आज बिहान सम्पर्क भएको र बाँकी १४ जना पनि निकुञ्जभित्र बाटो बिर्सिएर अलमलिएको आशंकामा नेपाल प्रहरी र सम...
कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा उपचार गरिएको थियो । लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ । यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका थिएनन् । गत वर्ष सात जनामा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जोखिमलाई मध्यनजर...
कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। साेमबार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित नदीमा नुहाउने २२ वर्षीय मोहनसिंह ठगुन्नाकाे डुबेर मृत्यु भएको छ। मृतक ठगुन्ना दोधारा चाँदनी नगरपालिका–२ कालिका टोलका रहेकाे प्रहरीले जनाएको छ। घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनको उद्धार गरिएको भए पनि उनको ज्यान जोगाउन सकिएको थिएन। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।...
कैलाली,कञ्चनपुरबाट भन्सार छलीका २ लाखभन्दा बढीका सामान बरामद

कैलाली,कञ्चनपुरबाट भन्सार छलीका २ लाखभन्दा बढीका सामान बरामद

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलाली र कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर ब्यारेल क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका अन्दाजी ६३ हजार १०० रुपैयाँ बराबरका धोती, किराना लगायतका सामान सोमबार नियन्त्रणमा लिइएको हो। उक्त सामान भारतबाट भन्सार छली गरी ल्याइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका- ११ स्थित गड्डाचौकी क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका अन्दाजी १ लाख ४३ हजार ५०० रुपैयाँ बराबरका सुटपिस, ब्लाउज, अन्डरवेयर, पानीवर्साती लगायतका सामान बेवारिसे अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ती सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, पर्यटन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो। चालु आवमा मात्रै करिब १२।६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार चालु आवको असोजदेखि असारसम्म निकुञ्ज भ्रमण गर्नेमा एक हजार ६५७ महिला र दुई हजार ५३४ पुरुष छन्। निकुञ्जमा आन्तरिक पर्यटकको वर्चस्व कायमै छ । कुल पर्यटकमध्ये निकुञ्ज भ्रमण गर्ने तीन हजार ६९९ नेपाली पर्यटक छन्। जसमा एक हजार ५१३ महिला र दुई हजार १८६ पुरुष छन्। कुल पर्यटकमध्ये करिब ८८ प्रतिशत हिस्सा नेपाली पर्यटकको रहेको तथ्याङ्कले शुक्लाफाँटा आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको पुष्टि गर्दछ। त्य...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते छ जनालाई उपचारका लागि धनगढी पठाइएको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

कञ्चनपुर कारागारमा झडप : पाँच कैदीबन्दी घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा दुवै पक्षका कैदीबन्दीहरू घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीका अनुसार घाइते हुनेहरूमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुष बम रहेका छन्। घाइतेहरू लागुऔषध तथा चोरी मुद्दामा संलग्न कैदीबन्दी भएको जनाइएको छ। उनीहरूको महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ। प्रहरीका अनुसार झडपमा संलग्न समूहबीच यसअघि पनि पटक–पटक विवाद र झडप हुँदै आएको थियो।...
कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान, पानी किनेर खानुपर्ने बाध्यता हट्यो

कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान, पानी किनेर खानुपर्ने बाध्यता हट्यो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर- कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो। बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताए। अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क धारा जडान गरिएको बताए। खानेपानीका धारा सञ्चालनमा आएपछि कलुवापुर बजार क्षेत्रमा पानी किनेर खानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन्। बजारमा दैनिक रूपमा आउने सर्वसाधारण, सवारी चालक, यात...
तराईका धेरै ठाउँमा हुस्सु, चिसोले जनजीवन प्रभावित

तराईका धेरै ठाउँमा हुस्सु, चिसोले जनजीवन प्रभावित

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– तराई-मधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ । सुदूरपश्चिम, कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भागमा हुस्सु-कुहिरो तथा बाँकी तराई भागका थोरै ठाउँमा हुस्सु लागेको हो । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमको कैलाली कञ्चनपुर सहित देशभर चिसो बढेको छ । बाक्लो हुस्सु र चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। चिसोका कारण बिहान–बेलुका सवारी आवागमनमा समस्या देखिएको छ भने बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन्। चिसो बढेसँगै विद्यालय, बजार र दैनिक कामकाजसमेत प्रभावित बनेको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । चिसोबाट जोगिन न्यानो कपड...
कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार भीमदत्त नगरपालिका-१४ बनकट्टीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर भत्काउने क्रममा ४५ वर्षीया धना विष्टलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक रातको समयमा सतर्क रहन आग्रह गरेको छ ।...
कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेन्, शिलान्यासको चार वर्ष बित्यो

कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेन्, शिलान्यासको चार वर्ष बित्यो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- तीस वर्षअघि २०५२ सालमा प्रस्ताव भएको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन। विक्रम संवत् २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको साढे चार वर्ष बितिसक्दा पनि सरकारी प्रक्रियागत ढिलाइका कारण अझै ‘फिल्ड’मा काम सुरु हुन सकेको छैन। दैजीछेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका लागि रूख कटान अनुमतिको प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको बताए। नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट शाखा कार्यालय नेपाल औद्योगिक क्षेत्रले दैजी औद्योगिक क्षेत्रको काम हेर्छ। औद्योगिक क्षेत्र शिलान्यास भएको ठीक एक वर्षपछि दैजीमा औद्योगिक क्षेत्रको कार्यालय २०७९ फागुनमा स्थापना गरिएको हो। कार्यालय स्थापना भए पनि कार्यालय सहयोगीको भरमा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय सञ्चालनमा छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज