बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ।
भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमानन्द जोशीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो।
क्लबले स्थानीयस्तरमा युवालाई संगठित गर्दै सामाजिक सुधार तथा सकारात्मक गतिविधिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।...
२०८३ कार्तिक ३, सोमबार १३:३४२०८३ कार्तिक ३, सोमबार १३:३४२०८३ कार्तिक ३, सोमबार १३:३४ by कामना संवाददाताNo Comments
धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर गर्दै उनले व्यक्तिगत रूपमा दसैँको उत्सवमा सहभागी नहुने निर्णय गरेका हुन्।
भोटेकोशी र बूढीगण्डकी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाले आफूलाई दुःखी बनाएको बुढाले बताएका छन्। विपत्तिमा परेका परिवारले घरबार गुमाउनुका साथै आफन्तसमेत गुमाउनुपरेको अवस्थामा सामान्य रूपमा चाडपर्व मनाउन नसक्ने उनको भनाइ छ।
दसैँलाई खुसी र पारिवारिक मिलनको पर्वका रूपमा लिइए पनि यस वर्ष पीडित परिवारको अवस्थाले आफूलाई उत्सवबाट टाढा रहने निर्णयमा पुर्याएको उनले उल्लेख गरेका छन्।
बुढाले विपत्तिबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार र पीडित परिवारको पुनःस्थापनाका लागि कामना गरेका छन्।
दुःखमा परेक...
२०८३ आश्विन ३०, शुक्रबार १६:४१२०८३ आश्विन ३०, शुक्रबार १६:४१२०८३ आश्विन ३०, शुक्रबार १६:४१ by कामना संवाददाता2 Comments
धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययनमा ५० सिट प्राप्त गरेको छ।
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने बाटो खुलेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विभिन्न चिकित्सा शिक्षा कार्यक्रमका लागि सिट निर्धारण गरेको हो। आयोगका अनुसार गत वर्षको तुलनामा यस वर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थपिएका छन्। एमबीबीएसमा मात्रै ११० सिट वृद्धि गरिएको छ।
विश्वविद्यालयले एमबीबीएससँगै नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा पनि अध्यापनका लागि सिट माग गरेको थियो।
विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार ...
२०८३ आश्विन ३०, शुक्रबार १३:५०२०८३ आश्विन ३०, शुक्रबार १३:५०२०८३ आश्विन ३०, शुक्रबार १३:५० by कामना संवाददाताNo Comments
धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ थलारामा जन्मिएका डा. धामीलाई विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डीनको जिम्मेवारी दिएको हो।
क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्।
डा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरिसकेका उनले निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।...
काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार्ड उपलब्ध गराउने ‘हुलाक–सिम सेवा’ सुरु गरेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हिजो मन्त्रालयबाट उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।
नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपाल टेलिकमको वेबसाइटमा रहेको ‘पोस्टल सिम पोर्टल’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवश्यक कागजातको जाँचपछि सिमकार्डको ९० रुपैयाँ र हुलाकमार्फत वितरण शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ अनलाइन भुक्तानी गर्नुपर्नेछ।
भुक्तानी प्रक्रिया पूरा भएपछि नजिकको हुलाक कार्यालयका कर्मचारीले ग्राहकको घरमै सिमकार्ड पुर्याउनेछन्। सरकारले सहरी क्षेत्रमा दुई घण्टाभित्र र ग्रामीण क्षेत्रमा तीन दिनभित्र सिमकार्ड वितरण गर्ने लक्ष्य लिएको छ।
सेवा शुभारम्भका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवाला...
काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)बाट प्राप्त रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो। सम्बन्धित पालिकासँगको समन्वयमा रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ पालिकाका प्रभावित परिवारलाई सहायता उपलब्ध गराइएको छ।
तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० परिवारलाई पनि तीन दिनभित्र रकम उपलब्ध गराउने सरकारको तयारी छ। बाढी प्रभावितको दीर्घकालीन पुनःस्थापना र व्यवस्थापनका कामसमेत अघि बढाइएको सरकारले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी प्रभावित परिवारलाई तीन वर्षभित्र स्थ...
बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४१९३ नम्बरको ट्याक्टर ब्रेक फेल हुँदा सडकबाट करिब १५० मिटर तल सेती नदीमा खसेको हो।
ट्याक्टर कैलाली जिल्ला स्थायी घर भएका अन्दाजी ४१ वर्षीय राज चौधरीले चलाएको बताइएको छ। दुर्घटनाका बेला ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा सबै जना घाइते भएका छन्।
घाइतेहरूको अवस्था र दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।...
२०८३ आश्विन २८, बुधबार १२:५४२०८३ आश्विन २८, बुधबार १२:५४२०८३ आश्विन २८, बुधबार १२:५४ by कामना संवाददाता1 Comment
कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ।
असोज २४ गते चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित भएपछि थारू नदीमा बेपत्ता भएका थिए। बुधवार भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो।
नदीको बहाव कम भएपछि दुर्घटनास्थलबाट करिब ५० मिटर तल शव भेटिएको थियो। गोताखोर टोली र नेपाली सेनाले शव निकालेका हुन्।
बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का थारू बेपत्ता हुनुभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।...
२०८३ आश्विन २८, बुधबार ०८:५५२०८३ आश्विन २८, बुधबार ०८:५५२०८३ आश्विन २८, बुधबार ०८:५५ by कामना संवाददाताNo Comments
काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ ।
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसीमोड) ले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्मको ४८ दिनको अवधिमा ‘सेन्टिनेल–१’ भू–उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा ४० सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो ।
ईसीमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा ‘सन् २०२६ अगस्ट २६ को केरुङ–रसुवा विपद् बुझाइ’ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो ।
अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । त्यसले चट्टान, बरफ, प...
२०८३ आश्विन २८, बुधबार ०८:४८२०८३ आश्विन २८, बुधबार ०८:४८२०८३ आश्विन २८, बुधबार ०८:४८ by कामना संवाददाता2 Comments
नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आफ्ना भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा कष्ट निवारण गर्ने विश्वास गरिन्छ।
विभिन्न धार्मिक ग्रन्थमा कुष्माण्डा देवीको महिमा वर्णन गरिएको छ। दुर्गा सप्तशतीको देवी कवचमा पनि त्रिविध तापयुक्त संसार देवी कुष्माण्डाको उदरमा रहेको उल्लेख छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ।
नवरात्रका नौ दिनस...
२०८३ आश्विन २४, शनिबार २०:५१२०८३ आश्विन २४, शनिबार २०:५१२०८३ आश्विन २४, शनिबार २०:५१ by कामना संवाददाता5 Comments
काठमाण्डौ- सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो । अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ ।
आदेशमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ । अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनुवाइ भएको हो । रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
२०८३ आश्विन २४, शनिबार १५:२४२०८३ आश्विन २४, शनिबार १५:२४२०८३ आश्विन २४, शनिबार १५:२४ by बचन राज जोशी3 Comments
धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले करिब ९ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरेको छ।
आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ थप उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।
भट्टको अवस्था गम्भीर रहेकाले लामो समय उपचार गर्नुपर्ने र उपचार खर्चसमेत ठूलो हुने भएपछि परिवार चिन्तित बनेको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि माया मेट्रो अस्पतालले मानवीय आधारमा उनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।
भट्टलाई १५ दिनसम्म भेन्टिलेटरमा राखिएको थियो भने २० दिन सघन उपचार कक्ष (आईसीयू) मा उपचार गरिएको थियो। त्यसपछि सामान्य शय्यामा राखेर उपचारलाई निरन्तरत...