Advertisement

बैतडी

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

बैतडीको पुर्चौडी- ५ मा चुनावी सरगर्मी, दीपक पन्तको नाम चर्चामा, एमाले कि स्वतन्त्र?

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बैतडी- २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब ९ महिना बाँकी छँदैछ । तर गाउँघर समेत आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लिएर राजनीतिक चर्चा सुरु हुन थालेको छ। बैतडीको पुर्चौडी नगरपालिका- ५ मा पनि आगामी निर्वाचनलाई लक्षित गर्दै सम्भावित उम्मेदवारबारे स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिन थालेको छ। यही चर्चाबीच युवा नेता दीपक पन्तको नाम वडा अध्यक्ष पदका लागि सम्भावित उम्मेदवारका रूपमा अगाडि आउन थालेको छ। पन्त लामो समयदेखि नेकपा एमालेमा आबद्ध भएर सक्रिय राजनीतिमा रहँदै आएका युवा नेता हुन्। एमालेका विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले स्थानीय विकास, सामाजिक सरोकार र युवाको राजनीतिक सहभागिताका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइन्छ। पार्टीभित्र रहेर काम गर्दा पनि आफूलाई चित्त नबुझेका विषयमा फरक मत राख्न सक्ने र स्थानीय ...
पुर्चौडीको मल्लादेही सडक वर्षौंदेखि अलपत्र, ‘भ्रष्टाचार होइन विकासमा ध्यान देऊ’ स्थानीयवासीको माग

पुर्चौडीको मल्लादेही सडक वर्षौंदेखि अलपत्र, ‘भ्रष्टाचार होइन विकासमा ध्यान देऊ’ स्थानीयवासीको माग

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पुर्चौडी नगरपालिका-८ मल्लादेहीका स्थानीयवासीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म जोड्ने सडक निर्माणको काम सम्पन्न भए पनि नियमित यातायात सञ्चालन हुन नसकेको भन्दै स्थानीयले नगरपालिकासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। वि.सं. २०७३ सालमा स्थानीयवासीको श्रम, लगानी र सक्रिय सहभागितामा ढोल्यामोड-कोटिला-मल्लादेही हुँदै हाटसम्म सडक निर्माणको अभियान सुरु गरिएको थियो। सडकको प्रारम्भिक कटिङको कामसमेत स्थानीयवासीको सहभागितामै सम्पन्न भएको थियो। सडक मल्लादेही हुँदै लैजाने वा छोटो मार्गबाट लैजाने विषयमा विवाद भए पनि गाउँको दीर्घकालीन हित, सहज यातायात र विकासलाई प्राथमिकतामा राख्दै स्थानीयले मल्लादेही हुँदै सडक निर्माण अघि बढाएका थिए। सडक निर्माण अभियानमा मल्लादेहीका स्वर्गीय राजेन्द्र लुहारको म...
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।...
र्मकाण्ड गर्दै आएका पण्डित गणेश पन्त तीन पालिकाबाट सम्मानित

र्मकाण्ड गर्दै आएका पण्डित गणेश पन्त तीन पालिकाबाट सम्मानित

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिअनुसार कर्मकाण्ड गर्दै आएका वैदिक वाचस्पति, संस्कारशिरोमणि, धर्मशास्त्राचार्य तथा ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त सुदूरपश्चिमका तीन स्थानीय तहबाट सम्मानित भएका छन्। बैतडीको पाटन नगरपालिका-८ निवासी पन्तलाई डोटीको दिपायल सिलगढी नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका र बैतडीको पुर्चौडी नगरपालिकाले सामाजिक तथा धार्मिक योगदानको कदर गर्दै सम्मान गरेका हुन्। पन्तले दलित समुदायमा वैदिक विधिअनुसार सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायतका धार्मिक अनुष्ठान सञ्चालन गर्दै आएका छन्। उनले हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ वटा लघुरुद्राभिषेक, १९३ वटा महारुद्राभिषेक, ३ हजार ९११ वटा न्वारन, ५६९ वटा व्रतबन्ध, ७२२ वटा सत्यनारायण पूजा, ६२२ वटा ग्रहशान्ति, ३९ वटा शतचण्डी, ६५ वटा अखण्ड रामायण, ५७९ वटा स्वस्थानी ...
बैतडी प्रशासनमा एक घण्टाभित्रै सेवाकाे व्यवस्था

बैतडी प्रशासनमा एक घण्टाभित्रै सेवाकाे व्यवस्था

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले एक घण्टाभित्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । कार्यालयले शुक्रबारदेखि ‘वान आवर सर्भिस’ सुरु गरेको हो । सेवाग्राहीले कार्यालय प्रवेश गरेको एक घण्टाभित्र सेवा दिइने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए । आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइने उनले बताए । सेवा प्रवाहलाई छिटो, सहज र कर्मचारीलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो सेवा लागु गरेको उनले बताए । यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समय प्रतीक्षा गर्नु नपर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय जिल्ला प्रशासनमा सेवा लिनेको संख्या पनि घटेको छ । जिल्लाको दक्षिणी क्षेत्र मेलौली र पूर्वी क्षेत्रको पुर्चौडी नगरपालिकामा इलाका प्रशासन कार्यालय संचालनमा आए प...
सवारी ज्यान मुद्दामा दोषी ठहरिएका बैतडीका धानुक पक्राउ

सवारी ज्यान मुद्दामा दोषी ठहरिएका बैतडीका धानुक पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका पुर्चौडी नगरपालिका-६ रत्नाका २१ वर्षीय दीपक धानुकलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले उनलाई सुर्नया गाउँपालिका-८ स्थित ढोल्यामोड बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका धानुकलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।...
२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै पण्डित गणेशप्रसाद पन्त, जातीय विभेद हटाउने अभियानमा सक्रिय

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै पण्डित गणेशप्रसाद पन्त, जातीय विभेद हटाउने अभियानमा सक्रिय

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा धार्मिक कर्मकाण्ड गर्दै जातीय विभेद र सामाजिक कुरीति अन्त्य गर्ने अभियान सञ्चालन गर्दै आएका छन्। जिल्लाको श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले वैदिक विधिअनुसार दलित समुदायमा सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, गृहप्रवेश, वास्तुपूजा, श्राद्ध तथा अन्य धार्मिक अनुष्ठान गरी सयौँ धार्मिक कार्य सम्पन्न गरिसकेको बताएका छन्। उनका अनुसार हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ लघुरुद्राभिषेक, १८९ महारुद्राभिषेक, ३ हजार ९११ न्वारन, ५६७ व्रतबन्ध, ७२२ सत्यनारायण पूजा, ६२२ ग्रहशान्ति, ३९ शतचण्डी, ६२ अखण्ड रामायण, ५७९ स्वस्थानी व्रतकथा, ५५ त्रिपिण्डी श्राद्ध, ७९ गरुड पुराण, ७११ पार्वण श्राद्ध र ९३४ एकोतिष्ट श्राद्धलगायत सय...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आज साँझ करिब सवा ५ बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । घटनापछि अस्थायी प्रहरी पोस्ट सलेनाबाट प्रहरी हवल्दार रमेश भट्टको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको उपस्थितिमा दुवै पक्षबीच छलफल भएपछि बस पक्षले गाडी मर्...
बैतडीमा ट्रक दुर्घटना, चालकसहित चार जना घाइते

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चार जना घाइते

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिका–८ स्थित झ्याउलेक मोडमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति करिब २ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा पाटन नगरपालिका–८ का ३६ वर्षीय चालक कृष्ण विष्ट, सोही स्थानकी २५ वर्षीया निर्मला विष्ट तथा उनका ७ वर्षीय छोरा अभिषेक र ४ वर्षीय छोरा प्रयान्स घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार घाइते चारै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। दुर्घटनाग्रस्त ट्रक सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।...
बैतडीमा युवक मृत फेला

बैतडीमा युवक मृत फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका–३ गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। प्रहरीका अनुसार कोली पाटन नगरपालिका–३ स्थित सुरुङ क्षेत्रको बाटोबाट करिब एक सय मिटर तल खसेर सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका हुन्। मंगलबार घरबाट किनमेलका लागि पाटन बजार गएका कोली अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीमा खबर गरेका थिए। त्यसपछि खोजतलास गर्दा बुधबार बिहान करिब ८ बजे सुर्नया नदी किनारमा उनको शव फेला परेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो।...
एमाले र रास्वपाका कार्यकर्ताबीच बैतडीमा झडप, दुई जना घाइते

एमाले र रास्वपाका कार्यकर्ताबीच बैतडीमा झडप, दुई जना घाइते

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप हुँदा एमाले निकट दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा डिलासैनी गाउँपालिका- ७ स्थित लेक टोलमा दुई पक्षबीच विवाद भई झडप भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा परी एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका हुन्। प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको गोकुलेश्वर अस्पताल, दार्चुलामा उपचार भइरहेको छ। घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले रास्वपाका पाँच जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीबाट जन्ती बोकेर बझाङ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती बोकेर बझाङको बित्थडचिर गाउँपालिका–७ सुनकुडातर्फ फर्किरहेको बस पुर्चौडी नगरपालिका–७ बढ्गाउँ मोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिएका छन्। दुर्घटनामा ३२ जना घाइते भएका छन्। उनीहरूलाई कोटीला स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकहरूको नामावली केशब राज जोशी (४०) – बित्थडचिर गाउँपालिका–७, बझाङ अशोक ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज