बाजुराको धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुँदै, गाउँमै सेवा पाइने भएपछि स्थानीय उत्साहित
बाजुरा- बाजुराको हिमाली गाउँपालिका–६ धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयवासी उत्साहित भएका छन्। सामान्य आँखाको उपचारका लागि समेत कोल्टी वा अन्य स्थान धाउनुपर्ने बाध्यता अब अन्त्य हुने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा असार २९ गतेदेखि धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको हो। हिमाली गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित संस्थासँग समन्वय गरी केन्द्र स्थापना गर्न लागेको जनाएको छ।
स्थानीय रामबहादुर रावतले सामान्य आँखाको उपचारका लागि पनि कोल्टी अस्पताल पुग्नुपर्ने बाध्यता रहेको भन्दै अब गाउँमै सेवा उपलब्ध हुने भएपछि ठूलो राहत मिल्ने बताए।
गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीका अनुसार हिमाली गाउँपालिकाका अधिकांश बस्ती भौगो...











